मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञापन सँघ ‘नेपाल आइस कृति अवार्डका लागि तयारी गर्दै’

बुधबार, १४ असार २०७४, १७ : ४७
बुधबार, १४ असार २०७४

काठमाडौं – नेपाल विज्ञापन संघले आगामी भाद्र महिनामा आयोजना गर्न लागेको नेपाल आइस नवौं कृति अवार्डको तयारी गरेको छ । उक्त कार्यक्रमका लागि अभिमुखीकरण तयारी कार्यक्रम सम्पन्न गरेको छ । 

 

आयोजनाका प्रमुख निर्णायक मण्डलका संयोजक डा. बिजय के.सीबाट निर्णायकहरुलाई नवौं कृति अवार्डका प्रतिस्प्रर्धीहरुको बिधा, कला, सीप ,सृर्जनसिलतालाई मुल्याङ्गन गर्नेबिधि, निस्पक्षता र गोपनियताको बारेमा बताएको थियो । नवौं कृति अवार्डमा २६ बिधामा २७ एजेन्सीले २ सय ६१ शीर्षकमा नामाङ्गन गरेका छन ।
साथै कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा सल्लाहकार भाष्करराज राजकर्णिकारले कृति अवार्डको उपादयता तथा सुरुवातको बारेमा प्रकास पारे । 

 

कार्यक्रममा संघका अध्यक्ष सन्तोष श्रेष्ठले नवौं कृति अवार्डको बारेमा सहभागीहरुलाई जानकारी गराए । अन्तरकृया कार्यक्रममा ५० जनाको सहभागिता थियो, कार्यक्रममा सहभागी निर्णायकहरुले बिभिन्न जिज्ञासा राखेको थियो ।


नवांै कृति अवार्डको मुख्य प्रायोजक नेपाल आइस रहेको छ । विज्ञापनदाता, विज्ञापन निर्माता, संचारकर्मी र उद्योग व्यबसायी बीच यो कृति अवार्ड अर्थपुर्ण र लोकप्रिय छ । नेपाल विज्ञापन संघ ले बिगत २०६० देखि यो कृति अवार्ड कार्यक्रमको निरन्तरता दिदै आएको छ  ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप