बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेलबर्नमा भ्रष्टाचार विरुद्ध अन्तक्रिया

बुधबार, ०५ पुस २०७४, ११ : ०६
बुधबार, ०५ पुस २०७४

अष्ट्रेलिया –मेलबर्नस्थित कन्सुलेट कार्यालयहाताभित्र १४ भाषामा अनुवादित पुस्तक “कालो सूर्य’ का लेखक एबं भ्रष्टाचारबिरुद्धका अभियन्ता भरत जंगमको प्रमुख आतिथ्यतामा भ्रष्टाचारबारे एक अन्तक्रिया सम्पन्न भएको छ । 

कार्यक्रममा अभियानका अभियन्ता जंगमले नेपालमा हुने भ्रष्टाचारको फेहरिस्त पेश गर्दै आफूले नेपालको गाउँगाउँ घुमेपछि भ्रष्टाचार मूलतः गाउँमा नभएर शहरमा केन्द्रित भएको भन्दै बौद्धिक क्षेत्रका ब्यक्तिहरु नै बढि भ्रष्ट भएको बताए । 

उनले २०५६ मा तात्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभाका भुतपूर्व सांसदले पेन्सन खाने ऐन र डा बाबुराम भट्टराईको कार्यकालमा भूपू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, गृहमन्त्रीलाई आजीवन सुविधा दिने गरी ल्याइएको अध्यादेश विरुद्ध आफूले सर्बोच्च अदालतमा दिएको रिटका पक्षमा सर्बोच्च अदालत भएका कारण देशको ढुकुटीमा बर्षेनी डेढ अर्ब रुपैयाँ जोगिएको जानकारी दिए ।     

कार्यक्रममा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले भ्रष्टाचारको मारमा तल्लोस्तरका जनता परेकाले भ्रष्टाचार न्यूनिकरणका लागि नीति निर्माणतहबाटै पहल थाल्नुपर्ने बताए ।

लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्वसंयोजक लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा विश्व साइकलयात्री पुस्कर शाह, अस्ट्रेलियन लेबर पार्टीका टार्नेट शाखा अध्यक्ष डा महेश भण्डारी पत्रकार बासुदेब मरहट्टा लगायतले नेपालमा मौलाउदै गएकोमा चिन्ता व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप