शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ह्वाइट हाउसका भाषा विज्ञमा नेपालका शर्मा नियुक्त

बुधबार, ०५ पुस २०७४, १० : ५३
बुधबार, ०५ पुस २०७४

अमेरिका– अमेरिकी राष्ट्रपतिको कार्यालयले कृष्ण शर्मालाई भाषा विज्ञको रूपमा नियुक्त गरेको छ । 

यो नियुक्तिसगैं शर्मा ह्वाइट हाउसमा जागिरेको रूपमा काम गर्ने अवसर पाउने पहिलो नेपाली मूलका अमेरिकी बनेका छन् । नियुक्तिबारे शर्माले आफुलाई भाषा विज्ञको रूपमा नियुक्ति गरेको छोटो प्रतिकृया दिए । 

शर्माले नेपालमा हुँदा दी राइजिगं नेपाल अंग्रेजी दैनिकमा उप सम्पादकको रूपमा सात वर्ष  सेवा गरी अमेरिकामा गएर दि वासिंगटन पोष्टमा करीव छ वर्ष काम गरेका थिए ।
त्यसपछि उनले वासिगंन डिसिस्थित न्याय बिभागमा भाषा शास्त्रीको रूपमा कÞरीब पाँच वर्ष सम्म काम  गरे । शर्मा नेपाल अमेरीका पत्रकार सघं नेजाका पूर्व अध्यक्ष पनि हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप