बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री स्वदेश फिर्ता

बुधबार, १४ असार २०७४, १७ : २५
बुधबार, १४ असार २०७४

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोप अमेरिकाको चार दिने भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किए । 

उनी औपचारिक भ्रमणका लागि पोर्चुगल, नेदरल्याण्डस् र संयुक्त राज्य अमेरिका जानुभएको थियो । उक्त भ्रमण सकेर उनी बुधबारै स्वदेश फर्किएको समाचारमा जनाइएको छ । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले प्रकाशन गरेको संक्षिप्त विज्ञप्तिमा भनिएको छ– प्रधानमन्त्री मोदी अमेरिका, पोर्चुगल र नेदरल्याण्ड्सको भ्रमण सफलतापूर्वक सम्पन्न गरी बुधबार बिहान स्वदेश फर्किएको छ । 

उनलाई नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले स्वागत गरेको थियो । 
उनको भ्रमणका क्रममा पोर्चुगलसँग विभिन्न ११ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै नेदरल्याण्डस्सँग पनि विभिन्न तीन वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

त्यस्तै संयुक्त राज्य अमेरिकाको भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको र उनीहरुले द्विपक्षीय सम्बन्ध सुदृढिकरण र आपसी हितका विषयमा वार्ता गरेको थियो । 

प्रधानमन्त्री मोदी सो भ्रमणका लागि गत शनिबार पोर्चुगलतर्फ प्रस्थान गरेको थियो । रासस÷सिन्ह्वा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप