मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रनर मोटरसाइकल नेपाली बजारमा, हेर्नुसः यस्ता छन् विशेषता

मङ्गलबार, ०४ पुस २०७४, १९ : ५३
मङ्गलबार, ०४ पुस २०७४

काठमाडौं – अटोमोवाइल्स क्षेत्रमा बंगलादेशको कम्पनी रनर अटोमोबाइल्सको नेपाली वितरक रमन मोटर्सले रनर मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ। 

रनर मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता तथा वितरक रमन मोटर्सले गत शनिबार एक कार्यक्रमको आयोजना गर्दै सो ब्राण्ड सार्वजनिक गरेको हो। 

रनर ग्रुप अफ कम्पनीका अध्यक्ष हाफिजुर रहमान खान, सोही कम्पनीका प्रमुख कार्यकारी मुकेश शर्मा र रमन मोटर्सका अध्यक्ष  बलराम महतो र प्रमुख कार्यकारी रमन महतोले शनिबार ह्यात होटलमा आयोजित एक समारोहका बीच उक्त ब्रान्डका ८० देखि १५० सिसिका विभिन्न आकर्षक ७  मोडेलका मोटरसाइकल तथा १ओटा स्कुटर को बिक्री शुरु गरे ।


बंगलादेशको रनर ग्रुप अफ कम्पनीका अध्यक्ष हफिजुर रहमनले नेपालको रमन मोटर्सका सिईओ रमन महतोलाई कम्पनीको प्रमाण पत्र प्रदान गर्दै, आधिकारिक रुपमा नेपाली बजारमा रनर ब्राण्डाका मोटरसाईकलको कारोबार गर्ने इजाजत दिएका हुन् । 


रमन मोटर्सले यस अघि कन्ट्रक्सन क्षेत्रमा मात्र काम गर्दै आएको थियो भने, अटोमोबाईल क्षेत्र पनि काम गर्ने भएको हो । उक्त मोटर साइकलसँगै नेपाली बाजरमा दुई पाङ्ग्रे सवारी साधनमा नयाँ ब्राण्डको उदयसमेत भएको छ । यसले नयाँ पुस्ताहरुमा नयाँ ब्राण्ड र नयाँपन समेत थपेको कम्पनीले जनाएको छ । 

 बजारमा अहिलेसम्म कुनै पनि ब्राण्ड तथा कम्पनीले दिन नसकेको अधिकतम ६ वर्षको वारेन्टीसमेत रनरले प्रदान गरेको रमन मोटर्सका सिईओ महतोले दाबी गरेका छन् । उनले रनरको सेल्स्पछिको सेवामा पनि कम्पनीले विशेष ध्यान दिएको बताएका छन् ।

सेल्स्, सर्भिस् तथा स्पेयर पार्टस्सम्मको सुविधालाई मध्यनजर गर्दै बजारमा डिलर तथा वर्कशपहरुको व्यवस्था गरिएको बताएका छन् । हाल काठमाण्डौमा मात्र ९ ओटा र बाहिरी क्षेत्रमा १० वटा रनरको स्पेयर पार्टस् तथा सर्भिस सेन्टरको व्यवस्था गरिएको र कार्यक्रममा प्रमुख अथितिका रुपमा बंगलादेशका नेपालका लागि राजदुत मासफी विन्ति शामंस् रहेकी थिईन् भने उनले बंगलादेशी उत्पादन रनरको नेपालमा उपस्थितिले व्यवसायिक रुपमा मात्र नभई दुई देश बीचको आत्मियतालाईसमेत थप उचाईमा पुर्याएको बताएकी छिन् ।


 उनले रमन मोटर्सलाई  सफलताको शुभकामना दिदै नेपालमा रनर मोटरसाईकलले राम्रो कारोबार गर्ने विश्वास समेत व्यक्त गरेकी छिन् ।

 
त्यस्तै, रमन मोटर्सले ललितपुरको बागडोलमा अत्याधुनिक सुविधा सम्पन्न र वृहत शोरुमका साथै सर्भिस सेन्टरसमेत खोलेको छ । 

यसले रनर मोटरसाईकलको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास रहेको जनाएको छ । यहाँ मोटरसाईकल विक्रिवितरण गरिनुका साथै विक्री पश्चातका सबै प्रकारका सेवा तथा सुविधा समेत उपलब्ध कम्पनीले दावी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप