शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोयल इन्फिल्ड बाइक र लुम्बिनी विकास बैंक बीच यस्तो सम्झौता

मङ्गलबार, ०४ पुस २०७४, १९ : ००
मङ्गलबार, ०४ पुस २०७४

काठमाडौं – रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोबाइल्स प्रा.लि. र लुम्बिनी विकास बैंक लि. का बीच रोयल इन्फिल्ड मोटरसाइकल नेपालभर फाईनान्स गर्नका लागि आज एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 नेपाली बजारमा ग्राहकहरु माझ लोकप्रिय स्थापित र सुरक्षित गन्तब्यको सवारी साधनका रुपमा रहेको छ, रोयल इन्फिल्ड । रोयल इन्फिल्ड बाईकमा सरल, छिटो र छरितो सेवाका साथ लुम्बिनी बैंकबाट ऋण लगानी गरि ग्राहकमा थप सेवा प्रदान गरि बजार प्रवद्र्दन गर्ने उद्देश्य दुवै संस्थाको रहेको छ । नेपालमा १७ वर्षदेखि रोयल इन्फिल्ड मोटरसाइकल बाईक पारखीहरुका माझ स्थापित ब्राण्ड हो । 

ग्राहकले ऋण आवेदन गरेको समयबाट अति छिटो ऋण स्वीकृत गरिनेछ । ग्राहकलाई ३ वर्ष अवधिको लागि ऋण प्रदान गरिने छ ।  
सम्झौता पत्र एम.भि.दुगड गु्रपका अध्यक्ष मोतीलाल दुगडको उपस्थितिमा उपाध्यक्ष विवेक दुगड र लुम्बिनी विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले हस्ताक्षर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप