बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाली राष्ट्रपति अमेरिका प्रस्थान

बुधबार, १४ असार २०७४, १७ : २३
बुधबार, १४ असार २०७४

सोल – दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । 

राष्ट्रपति मुनको यो पहिलो विदेश भ्रमण हो । उनी महिना दिन अघि मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा स्पष्ट बहुमतका साथ निर्वाचित भएको थियो । 

उनी यसै हप्ता अमेरिका जान लागेको र त्यहाँ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने समाचार यसअघि नै कोरियाली सञ्चारमाध्यममा आएको थियो । 

अमेरिका प्रस्थान गर्नुअघि राष्ट्रपति मुनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गर्ने बताएको थियो । 

उनले कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आवश्यक परामर्श गर्ने र भ्रमणका क्रममा हुने वार्ताले आपसी हित र द्विपक्षीय सम्बन्ध सुदृढिकरणमा सहयोग पुर्याउने बताए । 

उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरु उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ । राष्ट्रपति मुनले यस विषयमा पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने समाचारमा जनाइएको छ । 

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दक्षिण कोरियाको छ । 

त्यसैगरी अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पनि हालैमात्र दिनुभएको एक सार्वजनिक अभिव्यक्तिमा उत्तर कोरियाको कदम खतरनाक रहेको र भोलिका लागि यी कदमहरु विश्वकै खतरा भएको उनले बताए । 

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाको हतियार कार्यक्रम आफ्नो विदेश नीतिको प्राथमिकतामा रहेको बताइरहेका बेला राष्ट्रपति मुनको यो अमेरिका भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

केही दिनमात्र अघि पनि उत्तर कोरियाले अमेरिकाका विरुद्धमा राजधानी प्योङयाङ्मा जुलुस प्रदर्शन गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका थिए । रासस/सिन्ह्वा 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप