महोत्तरीमा समानुपातिकतर्फ राजपा पहिलो र एमाले पाँचौं
गौशाला– महोत्तरी जिल्लामा गत मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ राजपा नेपाल बढी मत ल्याएर पहिलो भएको छ भने नेकपा (एमाले) पाँचौं स्थानमा पुगेको छ ।
जिल्ला निर्वाचन अधिकारी पिंकी रायकाअनुसार प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चारवटा क्षेत्र रहेको यस जिल्लामा राजपा नेपालले ६० हजार २ सय ०१ मत प्राप्त गरी पहिलो भएको हो भने ३४ हजार २० मतका साथ नेपाली काँग्रेस दोस्रो, २९ हजार ५ सय ५१ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल तेस्रो, २९ हजार २ सय ७३ मत ल्याएर नेकपा (माओवादी केन्द्र) चौंथो र १३ हजार ६ सय ९४ मत ल्याएर नेकपा एमाले पाँचौं स्थानमा पुगेको हो ।
उनका अनुसार त्यस्तै प्रदेशसभा सदस्यको निर्वाचनमा पनि आठवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा राजपा नेपालले ५५ हजार पाँच सयचार मतका साथ अग्र स्थानमा पुगेको छ भने ३० हजार ६७ मत ल्याएर नेपाली काँग्रेस दोस्रो, २७ हजार १ सय ३३ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल तेस्रो, २६ हजार ७ सय ६७ मत ल्याएर माओवादी केन्द्र चौंथो र १२ हजार ६ सय २१ मत ल्याएर एमाले पाँचौं स्थानमा पुगेको छ ।
उक्त निर्वाचनमा जिल्लामा कूल तीन लाख १७ हजार २८९ मतदाता रहेकामा दुई लाख १२ हजार ५ सय२५ जनाले मतदान गरेका थिए । सो निर्वाचनमा एक लाख ८१ हजार ८ सय२१ मत सदर र ३० हजार सात सय चार मत बदर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते