शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीमा समानुपातिकतर्फ राजपा पहिलो र एमाले पाँचौं

मङ्गलबार, ०४ पुस २०७४, १७ : ३२
मङ्गलबार, ०४ पुस २०७४

गौशाला– महोत्तरी जिल्लामा गत मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ राजपा नेपाल बढी मत ल्याएर पहिलो भएको छ भने नेकपा (एमाले) पाँचौं स्थानमा पुगेको छ । 

जिल्ला निर्वाचन अधिकारी पिंकी रायकाअनुसार प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चारवटा क्षेत्र रहेको यस जिल्लामा राजपा नेपालले ६० हजार २ सय ०१ मत प्राप्त गरी पहिलो भएको हो भने ३४ हजार २० मतका साथ नेपाली काँग्रेस दोस्रो, २९ हजार ५ सय ५१ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल तेस्रो, २९ हजार २ सय ७३ मत ल्याएर नेकपा (माओवादी केन्द्र) चौंथो र १३ हजार ६ सय ९४ मत ल्याएर नेकपा एमाले पाँचौं स्थानमा पुगेको हो । 

उनका अनुसार त्यस्तै प्रदेशसभा सदस्यको निर्वाचनमा पनि आठवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा राजपा नेपालले ५५ हजार पाँच सयचार मतका साथ अग्र स्थानमा पुगेको छ भने ३० हजार ६७ मत ल्याएर नेपाली काँग्रेस दोस्रो, २७ हजार १ सय ३३ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल तेस्रो, २६ हजार ७ सय ६७ मत ल्याएर माओवादी केन्द्र चौंथो र १२ हजार ६ सय २१ मत ल्याएर एमाले  पाँचौं स्थानमा पुगेको छ । 

उक्त निर्वाचनमा जिल्लामा कूल तीन लाख १७ हजार २८९ मतदाता रहेकामा दुई लाख १२ हजार ५ सय२५ जनाले मतदान गरेका थिए । सो निर्वाचनमा एक लाख ८१ हजार ८ सय२१ मत सदर र ३० हजार सात सय चार मत बदर भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप