शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको न्युजर्सीका नगर प्रमुखले नेपालको झण्डा फहराउने

बुधबार, १४ असार २०७४, १६ : ४३
बुधबार, १४ असार २०७४

अमेरिका– अमेरिकाको न्युजर्सीका नगर प्रमुख स्टेभन फुलपले नेपालको झण्डा फहराउने भएका छन् । आगामी जुन ३० तारिख एक कार्यक्रमका बीच नगर प्रमुख फुलपले नेपालको झण्डा फहराउने भएका हुन् ।

आगामी जुन ३० लाई न्युजर्सी सिटीले नेपाल र नेपालीको सम्मानका लागि नेपालको झण्डा फहराउने दिवस मनाउन लागिएको हो । यो कार्यक्रम २८० ग्रोभ स्ट्रीट जर्सी सिटीमा रहेको काउन्सिल च्याम्बर्सको नगर कक्षमा हुने जनाइएको छ ।

न्यु जर्सी सिटी नेपालको झण्डा फहराउने दोश्रो अमेरिकी शहर बन्ने छ । फिलाडेल्फिया सिटीले सन् २०१० को नोवेम्वर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो । त्यस्तै कोलोराडोको सिटी अफ डेनभरले अप्रिल महिनाको तेश्रो आइतवारलाई नेपाल दिवसका रुपमा मनाउदै आएको छ ।

जर्सी सिटी एक मात्र अमेरिकी शहर हो जसले नेपालमा सन् २०१५ को अप्रिल २५ तारिख गएको महाभूकम्पबाट प्रभावित नेपाली परिवारहरुको अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस ,अस्थाई सुरक्षा दर्जा ) प्रदान गर्न अनुरोध गर्दै नगर परिषदबाट प्रस्ताव पारित गरेको थियो ।

जर्सी सिटीले आफूलाई आप्रवासीहरुको लागि स्याङ्चुरी (सुरक्षित) शहर घोषणा गरिसकेको छ । जर्सी सिटी डाईभर्सिटी एण्ड इन्क्लुजन बोर्डकी सल्लाहकार डा बिष्णुमाया परियार (मानार्थ बिद्या वारिधि )र जर्सी सिटी नेपाली समुदायका प्रदीप परियार थापाको विशेष पहलमा नेपालको झण्डा फहराउने कार्यक्रम हुन लागेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप