शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुसहर समुदायका लागि सुविधा सम्पन्न भवन निर्माण हुँदै

सोमबार, ०३ पुस २०७४, २२ : १५
सोमबार, ०३ पुस २०७४

राजविराज – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका मुसहर समुदायका लागि निर्माण हुने सुबिधा सम्पन्न भवनको आज एक समारोह बीच शिलान्यास गरे । 

न्युज २४ च्यानल प्रालिद्वारा तिलाठी कोइलाडी–४ स्थित १० कठा जग्गामा मुसहर समुदायका लागि करिब ४२ वटा सुबिधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । 

दुई कोठा, एक भान्सा र शौचालयसहित एउटा भवन ४ धुर जमिनमा निर्माण गरिने बताइएको छ । करिब रु तीन लाख ५० हजारको लागतमा एउटा भवन निर्माण गर्न लागिएको सो च्यानलद्धारा जानकारी दिइएको छ । 

बाढीबाट प्रभावित÷पिडित मुसहर समुदायका लागि सो भवन निर्माण गरिने बताइएको छ । बाढीबाट जोगिनका लागि भवनको तलबाट पानी बग्ने गरि निर्माण गर्न लागिएको प्राबिधिकले बताएका छन । 

सो अवसरमा अध्यक्ष यादवले राष्ट्र, राष्ट्रियता र जनताप्रति संचारमाध्यमले उल्लेखनीय भूमिका निर्वाह गरेको बताउदै समाजिक बिकृति र विसंगतिका विरुद्ध संचारमाध्यमले समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप