शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी हुँदैछ प्युठान वालविवाह मुक्त क्षेत्र

सोमबार, ०३ पुस २०७४, २२ : ००
सोमबार, ०३ पुस २०७४

राधिका भुसाल 

प्यूठान – प्युठान जिल्लामै वाल विवाहले विकराल रुप लिइरहंदा जिल्लाका विभिन्न क्षेत्रबाट भने यसको सकारात्मक कार्यहरु अघि बढेको देखिएको छ । वालविवाहको कारण सामाजिक समस्या देखिएको समय न्यूनिकरणमा सघाउ पुग्ने गरी केही क्षेत्रमा मुक्त क्षेत्र घोषणा हुन थालेको छ । 

 
मल्लरानी गाउँपालीका अन्तरगतको ३ नम्वर वडा जिल्लाकै पहिलो वालविवाह मुक्त वडा घोषणा भएको छ ।  सुरुवाती समयदेखि वालविवाह वढि हुने धरमपानी क्षेत्र अहिले भने जिल्लाकै पहिलो वडाका रुपमा घोषणा भयो । 

 

जिल्लामै वालविवाहले विकराल रुप लिईहेका वेला मल्लरानी गाउँपालिकाको वडा नम्वर ३ भने पहिलो र नमुना बन्न पुगेको हो । ४५ प्रतिशत वालविवाह हुने जिल्लामा कसरी वाल विवाह मुक्त वडा घोषणा भयो भन्नेमा सवैको चासोको विषय बनेको छ ।

२०७० सालवाट वालविवाह मुक्त वडा वनाउने कार्यमा लागेको साविकको धरमपानी गाविस ४ वर्षपछि सफल भएको छ । २०१५ सालमा ६० प्रतिशत वालविवाह रहेको धरमपानी गाविस लगातार वालवालिकाको क्षेत्रमा सफल वन्दै अहिले भने जिल्लाकै सवैभन्दा कम वालविवाह हुने गाविसमा पर्दछ ।  २ वर्ष पहिले ६० प्रतिशत वालविवाह भएको धरमपानी गाविस २०१६ मा भने त्यो सख्या घटेर ५३ प्रतिशतमा झरेकोे । अहिले त्यहाँको वालविवाह ९.५ प्रतिशत छ । ४५ प्रतिशत वालविवाह प्यूठानको अहिलेको तथ्याकंमा छ ।

पौष महिनाको पहिलो दिन बज्यो पञ्चेबाजा 

मसिंर महिनाको अन्त्यसगैं सुनसान हुने गाउँहरु जहाँ विहेका कुरा हुदैनन्, पौष महिनालाई रित्तो महिनाको नाम दिई गाँउमा बाजागाजा पनि  वज्दैनन् । तर प्यूठानमा भने पौष महिनाको पहिलो दिनमै  पन्चेबाजा वजेको छ । यो कुनै विवाहमा वजेकोे वाजा भने पक्कै होईन् । गाउँमा पञ्चेवाजा वजाएर विवाह गर्ने प्रचलन जहाँतही भएपनि प्यूठानमा पौषको पहिलो दिनमै वाल विवाह गर्नहुन्न भनि सन्देश दिनका लागि पञ्चेवाजाका साथ बाल बिबाह मुक्त अभियानको सुरुवात गरेको धरम्पानीवासीको भनाइ छ । 
सन् २०२२ सम्ममा प्यूठान जिल्लालाई वाल विवाह मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखी अगाडी वढिरहँदा धमाधम जिल्लाका वडाहरु वाल विवाह मुक्त वडा घोषणा हँुदै छन् । 

दोस्रो स्थानमा सारी 

स्वर्गद्धारी नगरपालिका ५ सारी बाल विबाह मुक्त घोषणाको अन्तिम चरणमा पुगेको छ । बाल बिबाह घोषणा गर्नका लागि आवश्यक सूचक पुरा गर्नु पर्ने हुंदा साविकको सारी गाविसले ती आवश्यक सुचकहरु पुरा गरेको पाइएपछि पौष ५ गते बाल विबाह मुक्त वडा घोषणा गर्ने भएको हो । सोमवार जिल्ला स्तरीय अनुगमन टोलीले वडा कार्यालय, उमामहेश्वरी विद्यालय र स्वास्थ्य चौकीमा रहेका तत्यांक हेर्दा सुचक पुरा भएको भेटिएको थियो । प्रमुख जिल्ला अधिकारी धन बहादुर केसीसहितको टोलीले स्थानीय बाल सञ्जाल, बाल क्लव, स्थानिय अगुवा लगायतका व्यक्तिसंग पनि आवश्यक छलफल गरेको थियो । 

२०७२ सालमा ३९ प्रतिशतको बाल बिबाह भएको थियो भने यसैवर्ष त्यो संख्या घटेर १० प्रतिशतमा झरेको छ । उक्त छलफलमा महिला विकास अधिकृत सुशीला आचार्यले बाल बिबाह मुक्त वडा, घोषणा गर्नु भन्दा अगाडि पुरा गर्नु पर्ने सूचकहरुबा बारे स्पष्ट पारेकि थिइन् । साचिक्कै बाल बिबाह रोक्ने नै भए बाल बिबाह गराउनु  पुजारीलाई नै पहिले  कारबाही गर्नु पर्ने स्थानीयको सुझाव थियो । 

तिन महिनाले उमेर नपुगेकै कारण रोकियो विबाह 

स्वर्गद्धारी नगरपालिका ५ सारीस्थित ३ महिनाले २० वर्ष नपुगेपछि विबाह रोकिएको छ । इलाका प्रहरी कार्यालय भिंग्रीका अनुसार स्वर्गद्धारी नगरपालिका ७ बस्ने छमी कार्की र स्वर्गद्धारी नगरपालिका ३ बस्ने विष्णु विष्टको विबाह रोकिएको थियो । यहि मंसिर ६ गते हुने लागेको विबाह बालिकाको उमेर नपुगेका खबर पाएपछि इलाका प्रहरीका घनश्यम केसीको नेतृत्वमा मंसिर ४ गते स्थागित गरेका थिए । यसै वर्ष उमेर नपुगेकै कारण सारीमा ३ जोडीको विबाह स्थगित गरेको इलाका प्रहरी कार्यालय भिंग्रीका इन्चार्ज घनश्यम केसीले बताए । 

मंसिर ६ मा हुने विबाहलाई ४ गते नै दुबै पक्षको अभिभावकलाई वडा अध्यक्ष हिरामणीको रोहवरमा प्रहरी चौकी भिंग्रीमा झिकाइ उमेर पुगेपछि मात्र बिबाह गर्ने सहमति गरिएको केसीको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप