शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शान्त र समृद्ध विश्व निर्माण चीनको चाहना

सोमबार, ०३ पुस २०७४, २१ : ५४
सोमबार, ०३ पुस २०७४

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न १९ औँ राष्ट्रिय महाधिवेशनले शान्त र समृद्ध विश्व निर्माणमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्देश प्रवाह गरेको छ । 

महाधिवेशनले महासचिव सी जीन फिङले प्रस्तुत गरेको विचारधारालाई उनकै नामको दस्तावेजको रुपमा महाधिवेशनले अनुमोदन गरेको त्यहाँका एकजना वरिष्ठ नेताले बताएका छन् । 

उक्त महाधिवेशनबारे जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका अध्यक्ष वाङ वेगुहाङले पार्टीको राष्ट्रिय महाधिवेशनले चीनभित्र मात्र नभई छिमेकी मुलुकबाट समेत गरिबी घटाउने योजनालाई उच्च प्राथमिकता दिएको बताए । 

उनले चीनबाट भ्रष्टाचारलाई निमिट्यान्न पार्ने, धनी र गरिबबीचको असमानतालाई अन्त्य गर्दै आधुनिक समाजवादी मुलुक निर्माणलाई लक्ष्य बनाएको जानकारी दिनुभयो । नवचीन निर्माणमा महासचिव एवम राष्ट्रपति सीबाट नेतृत्वदायी भूमिका निर्वाह भईरहेको पनि उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप