शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विदेश पठाइदिने प्रलोभनमा सत्ताइस लाख  ठग्ने कन्सल्टेन्सी संचालक पक्राउ

सोमबार, ०३ पुस २०७४, २० : ५०
सोमबार, ०३ पुस २०७४

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले रु २७ लाख ४५ हजार ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।  ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ को फैसलाबाट दुई वर्ष कैद र रु दुई लाख जरिवना ठहर भएपछि फरार भएका लमजुङका हरिबहादुर पाण्डेलाई आज बाँसबारीबाट पक्राउ गरेको हो । 

पाण्डेले वेलकम इन्टरनेशनल एजुकेशन फाउण्डेशन प्रालिको नामको कम्पनी खोली वैदेशिक रोजगारीमा इजाजत पठाउने इजाजतपत्र नलिई पीडितलाई पपुवा न्यूगिनी पठाइदिने भनी उक्त रकम लिएर नपठाई फरार भएका थिए । 

पक्राउ पाण्डेलाई वैदेशिक रोजगार ऐन, २०६४ विपरीतको कसुरबमोजिम काठमाडौँ जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप