मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शारीरिक अपांगता भएका विद्यार्थीलाई ह्वील चेयर

सोमबार, ०३ पुस २०७४, २० : ४५
सोमबार, ०३ पुस २०७४

सीताराम चौधरी


चन्द्रौटा(कपिलवस्तु) – जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत शारीरिक अपांगता भएका पाँच स्कूल बालबालिकाहरुलाई ह्वील चेयर वितरण गरिएको छ । कालिका स्वावलम्बन सामाजिक केन्द्रले विद्यालयमै पुगी अपांगता भएका बालबालिकाहरुलाई ह्वील चेयर वितरण गरेको हो ।


विजयनगर गाउँपालिका ६, बद्धौरस्थित जनजागृति प्रा.वि. कक्षा ३ मा अध्ययरत ९ वर्षीय अशोक भर ह्वील चेयर पाएपछि निकै खुशी छन् । विजयनगर ६, उज्ज्वलपुर घर भएका अशोक अब ह्वील चेयरबाट स्कूल पढ्न जान पाउने भएका छन् । ‘३ वर्षदेखि छोरालाई बोकेर स्कूलसम्म पुर्याउँदै आएका थियौं, ह्वील चेयर पाएपछि अब छोरालाई स्कूल पु¥याउन सजिलो हुने भयो’ अशोकका बुवा रामसेवकले भने ।


अशोज जस्तै शारीरिक अपांगता भएका बालबालिकाहरु ह्वील चेयर पाएपछि विद्यालय पुग्न सहज हुने भन्दै खुशी व्यक्त गरे । शारीरिक अपांगता भएका बालबालिकाहरुलाई शिक्षाको पहुँचसम्म पुर्याउन विद्यालयमै पुगी ह्वील चेयर वितरण गरिएको प्रायोजित कार्यक्रमका संयोजक अजय चौधरीले बताए ।

 

जिल्लाको शिवराज, कृष्णनगर नगरपालिका तथा विजयनगर गाउँपालिका अन्तर्गत जवाभारी, रामनगर, पत्थरदेइया, खुरुहुरियाका विभिन्न विद्यालयमा अध्ययनरत शारीरित अपांगता भएका बालबालिकाहरुलाई लक्षित गरी ह्वील चेयर वितरण गरिएको चौधरीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप