बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारको बारेमा ‘बोल्ड डिसिजन’ लिन राजपा नेपालले बोलायो बैठक

सोमबार, ०३ पुस २०७४, २० : ३४
सोमबार, ०३ पुस २०७४

काठमाडौ  – केन्द्र तथा प्रदेश सरकार गठनको विषयमा छलफल गर्नका लागि राष्ट्रिय जनता पार्टी नेपालले बैठक बोलाउने भएको छ । प्रदेश तथा प्रतिनिधिसभाको नतिजाहरु सार्वजनिक भइसकेपछि प्रदेश तथा केन्द्र सरकार गठनका लागि दलहरुको बीचमा परामर्श शुरु भएसँगै मधेशवादी दलहरु पनि सक्रिय भएका हुन् ।  लामो समयदेखि सरकार भन्दा बाहिर रहेका मधेशवादी दलहरु यसपटको सरकारमा सहभागी हुने देखिएको छ ।

प्रदेशमा मधेश सरकार गठन हुने निश्चित भएपछि केन्द्रमा पनि उनीहरु सहभागी हुने देखिएको छ । वामगठबन्धनको सरकार बन्ने लगभग पक्का देखिएको छ तर, मधेशवादी दलमध्ये राजपा, नेपाली काँग्रेस निकट रहेको छ भने फोरम नेपाल वामगठबन्धन नजिक देखिएको छ ।

यी दुई दलले प्रदेश २ मा संयुक्त सरकार बनाउने सहमति गर्यो भने केन्द्रमा पनि सरकारमासँगै जाने अवस्था देखिएको छ । यद्यपी यी मध्ये कुनै पनि विषयमा दुई दलको बीचमा छलफल भएको छैन । प्रदेश २ मा फोरम नेपालले बहुमत ल्याएको कारण सरकारको नेतृत्व गर्ने भए पनि राजपा नेपालले पनि दावी छाडेका छैन । राजपा नेपालका नेताहरु पनि मुख्यमन्त्रीको आकांक्षीको रुपमा आफूलाई अगाडि सारिरहेका छन् । यसले के देखिन्छ भने राजपा नेपाल पनि सरकारको नेतृत्व गर्ने दावेदारको रुपमा रहेको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को सरकारको नेतृत्व आफ्नो पार्टीले नै गर्ने घोषणा गरिसकेका छन् । उनले भनेका छन्, सीट बढी हुने दलले सरकारको नेतृत्व गर्ने सवैधानिक प्रावधान रहेकाले हाम्रो दलले बढी सीट ल्याएका हुनाले सरकारको नेतृतव गर्नेछ ।’ दुवै दल सरकार नेतृत्व गर्ने अडानमा रही रह्यो भने यी दलको संयुक्त सरकार बन्न नसकिने सम्भावना रहेका बताइन्छ ।

फोरम नेपालले वामगठबन्धनसँग मिलेर प्रदेश २ मा सरकार गठन गर्न सकिने सम्भावना पनि त्यतिकै रहेको स्रोतहरु बताउँछन् । वामगठबन्धनको ३२ र फोरम नेपालको २९ सीट रहेको छ ।

तर, फोरम नेपालका नेताले यो कुरा मान्न तयार छैन । सो दलका नेताहरु भन्छन् । जनताको म्याण्डेट विपरित फोरम नेपाल वा राजपा नेपाल जान सक्दैन । भर्खरै दुवै दल मिलेर चुनाव लड्दा जनताले खुशी खुशी मत दिएका छन् । फोरम नेपालका केन्द्रीय सदस्य एवं प्रदेशसभाका नवनिर्वाचित सदस्य योगेन्द्र राय यादवले फोरम नेपाल र राजपा नेपालका संयुक्त सरकार निर्माण हुने बताए । जनताको म्याण्डेट विपरित कोही पनि नजाने बताउँदै उनले यी दुई दलको बीचमा सरकार गठनको विषयमा छलफल शुरु भइसकेको छ ।

प्रतिनिधिसभामा फोरम नेपालभन्दा एकसीटले अगाडि रहेका राजपा नेपाल सरकार गठनको बारेमा आफ्नो निर्णय तय गर्न पार्टीका बैठक बोलाएको छ । राजपा नेपालका प्रवक्त केशव झाले भने, दुई दलले संयुक्त प्रदेश सरकार निर्माण गर्ने नै छ, यद्यपी यसको बारेमा छलफल हुन बाँकी छ ।’

‘मधेशमा मधेश सरकार निर्माण गर्ने भनि राजपा र फोरम नेपालले मतदातासँग मत मागेका थिए । र, मधेश सरकार नै निर्माण हुने भनि मधेशी जनताले मधेशी दललाई जिताएको हो । यस अवस्थामा कोही पनि दयाँ बायाँ गर्नुहुँदैन’, झाले भने ।

महोत्तरी २ बाट प्रतिनिधिसभा चुनावमा विजय भएका राजपाका संयोजक महन्थ ठाकुर काठमाडांै फर्केका छन् । उनी काठमाडौ फर्के लगतै आफ्ना निकट नेताहरुसँग छलफल शुरु गरेका छन् । भएका छलफललाई मूर्त दिनका लागि शुक्रवार पार्टीको बैठक बोलाएका छन् ।

स्रोतका अनुसार महन्थ ठाकुरले पनि प्रदेश २ मा राजपा नेपालको नेतृत्वमा सरकार गठन होस् भनि चाहेका छन् । त्यसका लागि पार्टीमा छलफल गरेर फोरम नेपालका अध्यक्ष यादवसँग छलफल गर्ने बताइएको छ ।

प्रतिनिधि तथा प्रदेशसभामा जितको विजय उत्सव मनाउन जिल्लामा रहेका नेताहरुलाई काठमाडौ फर्किन महन्थ ठाकुरले खबर पठाएको छ । राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव जिल्लामै छन् । उनीहरुलाई फर्किन महन्थ ठाकुरले खबर पठाएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप