शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आठ हजारको लोभमा इन्जियर  यादव अख्तियारको फन्दामा

सोमबार, ०३ पुस २०७४, २० : १६
सोमबार, ०३ पुस २०७४

लहान – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज  सोमबार घुस लिएको आरोप जिल्ला प्राविधिक कार्यालय सिरहाका इन्जियर रामबहादुर यादवलाई लहानमा पक्राउ गरेका छन् । 


 लक्ष्मीपुर पतारी साविक वडा ३ का रामजानकी कन्ट्रक्शन दर्ताको लागि सिफारिस पाउन कात्तिक १२ गते जिल्ला प्राविधिक कार्यालय सिरहामा निवेदन दिएका थिए । उक्त सिफारिस वापत इन्जिनियर यादवले घुस माग गरेको थियो । 


 कार्यालयमा घुस लिन नमिल्ने भन्दै रामजानकी कन्ट्रक्शनका प्रोपराइटर पक्षले लहानको महावीर स्ठान भण्डारमा आठ हजार रुपैयाँ  दिने क्रममा अख्तियारका टोलीले पक्राउ गरिएको एसपि कृष्णसिंह थापाले बताए । 


 घरेलु तथा साना उद्योग कार्यालय लहानले कन्ट्रक्शन दर्ताको लागि जिल्ला प्राविधिक कार्यालय सिरहाको सिफारिस माग गरिएको थियो । 
 पक्राउ परेका यादवलाई विशेष अनुसान्धानको लागि अख्तियार आयोग इटहरी लैजाने तयारी गरिएको एसपी थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप