शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लिटिल स्टार अफ दि इयर’को दोस्रो सिजन सुरु

सोमबार, ०३ पुस २०७४, २० : ०८
सोमबार, ०३ पुस २०७४

काठमाडौं –‘लिटिल स्टार अफ दि इयर’को दोस्रो सिजन सुरु भएको छ । आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टले एक बिज्ञाप्ती मार्फत प्रतियोगीताको आवेदन खुल्ला भएको जानकारी दिएको छ ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिस्य निर्माण तिर अग्रसर गराउने उदेश्यले गतबर्षबाट यो प्रतियोगिता सुरु गरिएको एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए । 

७ देखि १४ बर्षसम्मका बालबालिकाले प्रतियोगीताका लागि आवेदन दिन सक्नेछन । ७ देखि ९, १० देखि १२ र १३ देखि १४ सम्म गरि भिन्न भिन्नै तीन समहुको बिजेता छानिने छन । प्रतियोगितामा लागि आवेदन फर्म दरबार मार्गस्थित सिडब्लु रेष्टुरेन्टमा उपलब्ध हुनेछ ।

कार्यक्रमको पहिलो चरणको अडिसन आगामी शनिबार दरबार मार्गस्थित सिडब्लु रेष्टुरेन्टमा हुँदैछ । अडिसनबाट छानिएका प्रतियोगीलाई संगीत, गायन, नृत्य, ब्याक्तित्व बिकाश, सामाजिक उत्तर दायत्व, बालअधिकार, अनुसासन लगायत बिषयको प्रशिक्षण सहित अन्तिम स्पर्धा उतारिने कार्यक्रमको कोडिनेटर जीवन गिरीले जानकारी दिए ।

मोडल तथा अभिनेता दिक्पाल कार्कीको कोरियोग्राफी रहने प्रतियोगितामा गायिका कुन्ती मोक्तान,  कलाकार बिरेन्द्र हमाल लगायतले समेत प्रशिक्षण दिनेछन् । 

प्रतियोगिताका बिजेताले ट्रफी सहित नगद उपहारका साथमा चलचित्र, बिज्ञापन चलचित्र अभिनयको अलवा बिभिन्न गिफ हयाम्पर जित्न सक्नेछन । प्रतियोगितामा बिभिन्न २० उपशिर्षकमा समेत बिजेता छानिने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप