बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डिश होमले पायो ‘इमर्जिङ्ग ब्राण्ड अवार्ड’ र ‘सी इ ओ अफ द इयर’

सोमबार, ०३ पुस २०७४, १९ : ४७
सोमबार, ०३ पुस २०७४

काठमाडौं – राजधानीको सोल्टी व्रmाउन  प्लाजामा भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ मा डिश होमले ‘इमर्जिङ्ग ब्राण्ड अवार्ड’ प्राप्त गरेको छ । 

यसका साथै डिश होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यले सी.इ.ओ अफ द इयर २०१७ को आवार्ड समेत प्राप्त गरे ।  थाइल्याण्डको सी एस आर, थट लिडर्स, सी एमओ र स्टार ग्रुपको आयोजनामा भएको उक्त कार्यक्रममा डिश होमलाई २ महत्वपूर्ण अवार्ड प्राप्त भएको हो ।

 विश्वको विभिन्न देशहरुमा ब्राण्ड र यस सम्बन्धी कार्यक्रम गरि अवार्ड प्रदान गर्दै आएको सी एस आर, थट लिडर्स, सी एम ओ र स्टार ग्रुपले नेपालमा पनि सो कार्यक्रम आयोजना गरेको हो । नेपालका विभिन्न कम्पनीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा भिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सन् २००९ देखि सेवा शुरु गरेको डिश होमले नेपालमा डिजिटल टि.भि. सिग्नललाई नेपालभर विस्तार  गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप