शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एसओएस म्यानपावरले पठाएका नेपाली अलपत्र परेपछि दुतावासमा शरण

सोमबार, ०३ पुस २०७४, १९ : ३४
सोमबार, ०३ पुस २०७४

कुवेत – एसओएस म्यानपावरद्वारा कुवेत पुगेका करिब सयजना नेपाली अलपत्र परेका छन् । उनीहरु  कुवेतको खराफी नेशनल कम्पनी ९सुलेवियाआयोजना०मा कार्यरत थिए । सम्झौता अनुसार  विगत ७ महिनादेखि उक्त कम्पनीबाट तलब पाउन सकेका थिएनन् । 

आवासीय अनुमति ९भिसा० नवीकरण नभई ग्रामा ९जरिवाना०तिर्नु पर्ने अवस्थामा पुगेका  पुगेका थिए । पिडित ९४ जना नेपाली कामदारहरुले समस्या समाधान, उद्धार एवं नेपाल फिर्तीका लागि अनुरोध गर्दै यस राजदूतावास निवेदन शरणमा पुगेपछि कुवेत स्थित नेपाली दुतावासले उद्धारको कार्य अघि बढाएको छ ।

पिडिट मध्ये प्रथम चरणमा स्वास्थ्य अवस्था कमजोर एवं पारिवारिक समस्या भएका २० जना कामदारहरुलाई कुवेतमा उनीहरुलाई रोजगारीमा पठाउने नेपालको एसओएस म्यानपावर सर्भिस प्रालिबाट जरिवाना रकम एवं हवाई टिकटको व्यवस्था भए पश्चात १० जनालाई हिजो आइतबार र अर्को १० जनालाई आज समोबार उद्धार गरी नेपाल फिर्ता पठाइएको छ । 

राजदूतावासको निरन्तरको कुराकानी, पत्राचार एवं वार्ताको परिणाम स्वरुप ती २० जना नेपाली कामदारहरुले उक्त कम्पनीबाट अक्टोवर २०१७ सम्मको तलब प्राप्त गरिसकेको जनाएको छ ।  अन्य विषय छलफलमै रहेको दुतावासले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप