मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अब निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्छः प्रमुख निर्वाचन आयुक्त

सोमबार, ०३ पुस २०७४, १९ : २६
सोमबार, ०३ पुस २०७४

खोटाङ– प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले आगामी दिनमा हुने सबै निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।  जिल्ला प्रशासन कार्यालय खोटाङमा आज आयोजित कार्यक्रममा उनले भने,  “मतपत्रको माध्यमबाट भइरहेका निर्वाचनमा मत बदरको सङ्ख्या धेरै हुने भएकाले पनि यसलाई प्रविधिमैत्री बनाउनुपर्छ ।” 

“यस पटकको निर्वाचनमा हामीले ढिला गरी प्रमाणीकरण भएको कानून पायौँ,” प्रमुख निर्वाचन आयुक्त डा यादबले भने, “हतारमा भए पनि निर्वाचन सम्पन्न गयौँ । यो निर्वाचनमा धेरै मत बदर भएको छ । यसको जिम्मेवारी राजनीतिक दलले पनि लिनुपर्छ ।” 

उनले नेपालमा हालै सम्पन्न दुवै निर्वाचन जटिल भए पनि सफलतापूर्वक सम्पन्न भएको चर्चा गर्दै “अन्तर्राष्ट्रिय प्रजातान्त्रिक मुलुकले पनि प्रान्त र केन्द्रको निर्वाचन एकै पटक गर्न सकेका छैनन् तर हामीले दुई वटै निर्वाचन एकै दिन सम्पन्न गर्न सफल भएका छौँ, यो नेपाली जनतालाई बधाई दिनुपर्छ” । 

निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको छ, प्रमुख निर्वाचन आयुक्त डा.यादबले भने, “हामीले ऐतिहासिक दायित्व पूरा गरेका छौं, लोकतान्त्रिक निर्वाचन सम्पन्न गरेका छौँ, यसलाई संस्थागत गर्न अहिलेदेखि नै सबै मिलेर लाग्नुपर्छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप