बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अवार्ड फेयर नहुने आरोप लगाउँदै दीपकले गरे सहभागी नहुने निर्णय

बुधबार, १४ असार २०७४, १५ : ५८
बुधबार, १४ असार २०७४

काठमाडौं – एनएफडीसी अवार्ड समारोहबीचमै छोडेर निस्किएपछि विवादमा घेरिएका अभिनेता दीपकराज गिरीले अब कुनै पनि अवार्ड समारोहमा भाग नलिने भएका छन् ।

समारोह छोडेर निस्किएको बिषयमा गिरीलाई धेरैले अवार्डको लोभी, भोको, घमन्डी लगायत शब्दले सामाजिक संजाल लगायतका माध्यममा गाली गरेका थिए । त्यस्ता गालीको जवाफ दिँदा दिँदा हैरान बनेका  गिरीले यस्तो निर्णय गरेका हुन् । 

गिरीले आफ्नो फेसबुकमा एक लामो स्टाटस लेख्दै अवार्ड लगायत दोसल्ला ओढाउने कुनैपनि कार्यक्रममा आफु सहभागी नहुने जनाएका छन् ।  

नेपालमा बाँडिने अवार्ड फेयर नहुने र ती अवार्ड नातावाद कृपावादमा आयोजकले बाड्ने गम्भीर आरोप लगाउँदै गिरीले अवार्ड बहिष्कार गर्ने निर्णय गरेका हुन् । गिरीको यो निर्णयको पनि मिश्रित प्रतिक्रिया आइरहेको छ ।  

अवार्ड समारोह बहिष्कार गर्ने निणर्य गिरीले आफ्नो ब्यक्तिगत भएको जनाएका छन् । उनले आफ्नो निर्णय टिमका अन्य सदस्यको हकमा लागू नहुने स्टाटसमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप