शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सामान्य घट्यो बजार, ४९ करोड भन्दावढीको कारोवार

बुधबार, १४ असार २०७४, १५ : ५४
बुधबार, १४ असार २०७४

काठमाडौं–दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको मतदानका दिन पुँजी बजार सामान्य ओरालो लागेको छ । आज बजार १.२८ अंकले ओरालो लागेको हो । 


आज बजार एक हजार ५ सय ६३.८१ विन्दुमा झरेको छ । एक सय ४० कम्पनीको ७ लाख ९९ हजार ३ सय १८ कित्ता सेयर किनवेच भएको आज ४९ करोड ६८ लाख ७६ हजार ६ सय ५१ रुपैयाँको सेयर कारोवार भएको छ । 


आज बैकिङ, जलविद्युत र अन्य समूहको सूचक रातो भएका छन् । बैकिङ समूहको सूचक ३.५३ अंकले झरेको छ भने जलविद्युत समूहको सूचक ७.५२ अंकले झरेको छ । यस्तै, अन्य समूहको सूचक २.०३ अंकले घटेको छ ।

आज होटल समूहको सूचक २८.१४ अंकले वढेको छ भने विकास बैंक समूहको सूचक ५, फाइनान्स समूहको सूचक २.०३ र बीमा समुहको सूचक १०.९१ अंकले बढेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप