शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुवाथाई टोली टर्की प्रस्थान

बुधबार, १४ असार २०७४, १५ : ५०
बुधबार, १४ असार २०७४

 काठमाडौं– टर्कीको अन्टालियामा हुने मिक्स मार्सलआर्ट च्याम्पियनसिपमा सहभागी हुन नेपालका चार जना मुवाथाई खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । जुन २९ देखी जुलाई ३ सम्म हुने प्रतियोगिताका लागी खेलाडीहरु भुपेन्द्र पुन मगर, तुलसी थापा मगर, विरेन्द्र केसी र अंकित ओली सहित अफिसियलहरु सुदिप पण्डित क्षेत्री, दिपक बहादुर गोदार तथा सम्पन्नमान श्रेष्ठ बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
यसअघी मंगलबार साँझ नेपाल ओलम्पिक कमिटीका महा–सचिव तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पाले खेलाडी तथा अफिसियलहरुलाई बिदाई गरेका थिए ।
टर्किको मुवाथाई, एमएमए र किक बक्सिङ संघले संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगितामा ७० देशका चार हजार खेलाडी सहभागी हुने नेपाल मुवाथाई संघका महासचिव सुदिप पण्डितले जानकारी दिए ।
खेलाडीहरुलाई बिदाई गर्दै ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पाले नेपाली खेलाडीहरुले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप