बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीन बर्षमा प्रमुख खाद्यन्न बालीमा आत्मनिर्भर बन्ने

बुधबार, १४ असार २०७४, १५ : ३८
बुधबार, १४ असार २०७४

काठमााडौं– सरकारले ३ वर्ष भित्र प्रमुख खाद्यान्न बालीहरुमा आत्मनिर्भर हुने महत्वकांक्षी योजना अघि सारेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ३ वर्षभित्र प्रमुख खाद्यान्न बालीहरु धान, मकै र गहुँमा आत्मनिर्भर हुने महत्वकांक्षी योजना अघि सारेको हो । परियोजनाका अधिकृत तिलक चौलागाइले ३ वर्षभित्र प्रमुख बालीहरु धान, मकै र गहुँमा आत्मनिर्भर हुने योजना घोषणा गरेका हुन् । 


धान दिवसको अघिल्लो दिन बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रमुख खाद्यान्न बालीहरुमा आत्मनिर्भर हुने लक्ष्य हासिल गर्न चालू आर्थिक वर्षमा झापामा सुपरजोन स्थापना गरिएको पनि उल्लेख गरे । सरकारले कञ्चनपुर, कपिलबस्तु, प्युठान, बर्दिया र सर्लाहीमा पनि ५ वटा धानबालीको जोनहरु स्थापना गरेको छ । झापा नेपालको सबैभन्दा बढि धान उत्पादन हुने जिल्ला हो ।


परियोजनाले धानबालीको सम्भाव्यताको आधारमा पकेट, ब्लक, जोन र सुुपरजोनहरुको विकास गर्दै लैजाने नीतिगत व्यवस्था पनि गरेको छ । अधिकृत चौलागाईले धानबालीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि उत्पादन सामग्रीमा अनुदान उपलब्ध गराउने योजना पनि अघि सारेको छ । 


सरकारले चालू आर्थिक वर्षमा धानबालीको उत्पादकत्व ४ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर पु¥याउने लक्ष्य लिएको छ । सरकारले दीगो एवम् आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने उद्देश्यका साथ आर्थिक वर्ष २०७३÷०७४ बाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु गरेको हो ।

सरकारले परियोजनाका लागि १ खरव ३० अरव बजेटको व्यवस्था पनि गरेको छ । परियोजनाबाट वार्षिक ५ लाख अस्थायी रोजगारीको अवसर सृजना हुने दावी समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप