शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा ध्वनि नागरिक वडापत्र सुरु

आइतबार, ०२ पुस २०७४, १९ : ०७
आइतबार, ०२ पुस २०७४

उदयपुर– जिल्ला प्रशासन कार्यालय उदयपुरले आजबाट सेवाग्राहीलाई लक्षित गर्दै ध्वनि नागरिक वडा पत्रको शुरुवात गरेको छ । प्रशासन कार्यालय उदयपुरले प्रवाह गर्ने सेवाको विषयमा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले नागरिक सेवाको विषयमा रेकर्ड गरिएको ध्वनि प्रशासन परिसरमा प्रसारण गरिनेछ । 

जिल्ला प्रशासनमा खासगरी नागरिकता, राहदानी, संस्था दर्तालगायत प्रशासनले प्रदान गर्ने सेवा र त्यसको क्रियाको विषयमा नागरिकलाई थाहा पाउनका लागि ध्वधि नागरिक वडापत्रको व्यवस्था गरिएको हो । नागरिक सामान्य जानकारीको अभावमा सेवा प्रभावित हुने भएकाले नागरिकलाई आफूले पाउने सेवाको विषयमा जानकारी बोध गराउन ध्वनि नागरिक वडापत्र प्रसारणमा राखिएको प्रजिअ कँडेलले बताए । 

जिल्ला प्रशासन कार्यालय परिसरभित्र अब केही समयभित्रै ‘फ्री वाईफाई’ क्षेत्रसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ । जिल्ला प्रशासनले प्रदान गर्ने सार्वजनिक सेवाको विषयमा वेबसाइटमा समेत राखिएकाले नागरिकले घरैमा बसेर पनि प्रशासनको सेवाको विषयमा जानकारी लिन सकिने जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले बताए । 

जिल्ला प्रशासन कार्यालय उदयपुरले सञ्चालनमा ल्याएको ध्वनि नागरिक वडापत्रका लागि त्रियुगा उद्योग वाणिज्य संघले उपकरण सहयोग गरेको छ । वाणिज्य संघले करिब १७ हजारबराबरको उपकरण सहयोग गरेको हो । 

जनताले सरकारले दिने सेवा विषयमा जानकारी गराउनका लागि उपकरण सहयोग गरेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय उदपुरलाई उपकरण सहयोग गरे सँगै त्रियुगा उद्योग वाणिज्य संघलाई धन्यवाद पत्रसहित आइतबार सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप