शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गंभिर घाइते

आइतबार, ०२ पुस २०७४, १८ : ४९
आइतबार, ०२ पुस २०७४

चुरामणि अर्याल

कपिलवस्तु – कपिलवस्तुमा ट्याक्टर पल्टिदा आज एक युवकको मृत्यु भएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा –६ झरनी भगलापुरमा लु ३ त ५२१५ नम्बरको ट्याक्टर तीव्र गतीमा खोलामा नदि जन्य पदार्थ लिन जाने क्रममा अनियन्त्रित भई पल्टिदा स्थानिय २४ वर्षीय सुरेश थारुको घटना स्थलमै मृत्यु भएको हो ।

ट्याक्टर दुर्घटना हुदा एक जना गम्भिर घाईते भएको र अन्य पाँच जना भने हाम फालेर बाँच्न सफल भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक राजु कार्कीले जानकारी दिए । दुर्घटनामा गम्भिर घाईते भएका अशोक खत्रीलाई थप उपचारका लागि बुटबल पठाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप