शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा ६२ प्रतिशत मत खस्यो

बुधबार, १४ असार २०७४, १५ : १६
बुधबार, १४ असार २०७४

रामहरि श्रेष्ठ 


ओखलढुंगा–ओखलढुंगामा अहिले धमाधम मतदान भैरहको छ । दिउसो २ः३० बजे सम्मको अवधिमा ६२ प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । 


एक नगरपालिका सहित सात गाउँपालिका रहेको ओखलढुंगामा सौहार्दपुर्ण रुपमा निर्वाचन भैरहेको मुख्य निर्वाचन अधिकारी चन्द्रमणि ज्ञवालीले जानकारी दिए । 
बिहान जिल्लाका केहि मतदान स्थलमा सामान्य बिवाद भएको भएपनि अहिले भने सामान्य अवस्थामा मतदान भैरहको प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले बताए । 


 जिल्लामा निर्वाचन लक्षित सुरक्षा सर्तकता समेत चुस्त रहेको ओखलढुंगा प्रहरी प्रमुख मिलन केसीले बताए । 


 ओखलढुंगामा ३ सय ९१  पदका लागी १ हजार २ सय ८२  प्रतिनिधि चुनावि प्रतिश्पर्धामा रहका छन्  । अहिले ७८ स्थानको १ सय २७ मतदान केन्द्रबाट मतदान भैरहेको छ ।


जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा २३ वटा स्थानबाट मतदान भैरहको छ । 


त्यस्तै मोलुङ गाउपालिकामा १४,खिजिदेम्बा गाउपालिकामा १३ र लिखु गाउपालिकामा १४,चिसंखुगढि गाउपालिमा १५ ,सुनकोशि गाउपालिकामा १७ र मनेभञ्ज्याङ गाउपालीकामा १६ स्थानबाट निर्वाचन भैरहको छ । 


सिद्धिचरण नगरपालिकाबाट १६ हजार १ सय ८२ जना मतदाताले मतदान गरिरहेका छन् । त्यस्तै खिजिदेम्बा गाउपालिकाबाट ९ हजार ५ सय ८१ र लिखु गाउपालिकाबाट १० हजार ५ सय ९६ , मानेभञ्ज्याङ गाउपालिकाबाट १२ हजार २५,चिशंखुगढि गाउपालिकाबाट ९ हजार ५ सय ४७ , चम्पादेबिबाट ११ हजार ५ सय ३१ ,सुनकोशीबाट ११ हजार ८ सय ६५ र मोलुङ गाउपालिकाबाट १० हजार १ सय ८१ जना मतदाताले मतदान गरिरहको निर्वाचन कार्यलयले जनाएको मतदाताले मतदान गरिरहको निर्वाचन कार्यलयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप