बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा किन भयो सन्नी लियोनीको विरोध ?

आइतबार, ०२ पुस २०७४, १८ : १४
आइतबार, ०२ पुस २०७४

मुम्बई –संजय लिला भंसालीको चलचित्र ‘पद्यावती’को बिरोध कम नहुँदै अर्की अभिनेत्री सन्नी लियोनी पनि निसानीमा परेकी छन् । सन्नीको बिरोध  कुनै चलचित्रको कारणले गरिएको भने होइन । आयोजना हुन लागेको एक कार्यक्रमको कारणले उनको बिरोध हुन थालेको हो ।

अभिनेत्री सन्नीले नयाँ बर्ष २०१८को सुरुवताका लागि एक हंगामेदार पार्टी बेंगलुरमा राखेकी थिइन् । ‘बेंगलुर एन वाइ इ २०१८’ नामाकरण गरिएको पार्टीमा सन्नी आफै पनि प्रस्तुति दिने भएकी थिइन् । 

बेंगलुरका स्थानियले उक्त पार्टीको बिरोध गरिरहेका छन् । सोही कारणले त्यहाँका राज्य सरकारले उनको कार्यक्रममा समेत रोक लगाएको छ । सरकारले कार्यक्रमलाई रोक लगाएपछि स्थानिय रक्षा वेदिके नामक संस्थाले अहिलेलाई सन्नीको बिरोध नगर्ने निर्णय समेत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप