बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पुस १५ मा ‘नेशनल अटो जिमखाना च्याम्पिएनशीप हुने

आइतबार, ०२ पुस २०७४, १८ : ०९
आइतबार, ०२ पुस २०७४

काठमाडौं – नेपाल मोटर स्पोर्ट्स क्लबले पुस १५ गते नेपाल अटोमोबाईल एसोसिएसनको सहकार्य तथा काठमाडौं जिल्ला खेलकुद बिकाश समितिसँगको समन्वयमा  नेशलल अटो जिमखाना  च्याम्पिएनशीप हुने  जनाएको छ । पहिलो पटक भक्सवागन नेशनल अटो जिमखाना च्याम्पिएनशीप २०१७ आयोजना गर्न लागेको हो । 

नेपालमा अटो जिमखाना च्याम्पियनशीप आयोजना हुन लागेको यो पहिलो पटक हो । यसअघि  समय, दुरी वा गतिका आधारमा भने मोटर रेस तथा र्यालीहरू आयोजना हुँदै आएको थियो । 


धुलिखेल नगरपालिकामा तयार पारिएको हिमालयन मोटर ल्याण्डमा हुने प्रतियोगितामा नेपालका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम स्थान हात पार्ने खेलाडीले अर्को वर्ष ईन्डोनेसियामा आयोजना हुने एसियन अटो जिमखाना च्याम्पियनशीपमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् । 
 

यसरी खेलिने छ:

प्रतियोगितामा सहभागी खेलाडीले झन्डै १सय ५० फिट लामो रेसिङ कोर्समा आयोजकले दिएको ढाँचा अनुसार गाडी चलाउनु पर्ने जनाइएको छ । यसका लागि प्रतियोगिहरूमा गतिसँगसँगै स्किल र माइण्ड सेटअपको पनि आवश्यकता पर्दछ । रेस कोर्समा डिभाईडर कोनहरूको सहायताले बाटो निर्धारण गरिएको हुन्छ । सहभागी खेलाडीले एक पटक उक्त बाटोको नक्सा हेरेपछि सम्झनाकै भरमा उक्त ट्र्याकमा कार कुदाउ नुपर्नेछ । बाटो बिर्सिएको खण्डमा वा डिभाइडरहरूलाई छोएको खण्डमा जरिवाना गरिनेछ । पहिलो चरणमा उच्च अंक ल्याउने १६ खेलाडी दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ८ खेलाडी फाइनल चरणका लागि छनोट हुने छन् ।

नेपाल मोटर स्पोर्टस् क्लबः

नेपाल अटोमोबाईल एसोसिएसन अन्तर्गत मोटर स्पोर्ट्स हेर्ने जिम्मेवारीका साथ दुईवर्ष अगाडि २०७२ सालमा नेपाल मोटर स्पोर्ट्स क्लब गठन भएको हो । हाल दिपक आचार्य अध्यक्ष रहेको यो क्लबले नेपालमा मोटर स्पोर्ट्सको विकास, विस्तार र व्यावसायिकताको पहल गरिरहेको छ । नेपाल अटोमोबाईल एसोसिएसन र नेपाल मोटर स्पोर्ट्स एसोसिएसनले यसअघि रेसमाण्डु, रेस नारी, केसीएम गल्र्स अन ह्वील, डिभा कपलगायतका विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप