शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रेस मिट बन्यो ‘भद्रगोल मिट’ (फोटोफिचर)

आइतबार, ०२ पुस २०७४, १७ : ५४
आइतबार, ०२ पुस २०७४

काठमाडौं– राजधानीको  दरबारमार्गमा वाम गठबन्धनले  पत्रकार सम्मेदलनको आयोजना गर्यो ।  पत्रकार सम्मेलन भनिएपनि त्यहाँ कार्यकर्ताको भिडभाड  देखिन्थ्यो । कार्यकर्ताको भिडभाडका कारण समाचार संकलनका क्रममा पुगेका सञ्चारकर्मीलाई समाचार संकलनमा समस्या नै  देखिएको थियो । 

पत्रकारका लागि छुट्याइएको स्थानमा समेत कार्यकर्ताले ढाकेपछि समाचार संकलनमा समस्या भएको एक पत्रकारले बताए । 

यसरी पत्रकार सम्मेलनस्थल कार्यकर्ताका कारण अस्तव्यस्त  बनेपछि केहि पत्रकारले गुनासो नै गर्न भ्याए । गुनासो सम्बोधनका क्रममा ओलीले पत्रकार सम्मेलन यहाँमात्रै नभएर विदेशमा पनि यस्तै हुने बताउँदै आगामी दिनमा व्यवस्थापनमा ध्यान दिइने प्रतिबद्धता जनाए । 

हुन त वाम गठबन्धनको मात्रै नभएर अधिकांश ठूला पार्टीहरुको कार्यक्रम यस्तै अस्तव्यस्त देखिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप