बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीलाई ‘बाँदर’ भनेपछि मलिंगालाई ६ महिनाको प्रतिबन्ध

बुधबार, १४ असार २०७४, १५ : १४
बुधबार, १४ असार २०७४


कोलबों– श्रीलंकाका तीव्र गतिका बलर लसिथ मालिंगामाथि ६ महिनाको खेल प्रतिबन्ध लागेको छ । 

श्रीलंका क्रिकेट बोर्डको विशेष जाँच प्यानलले मालिंगामाथि ६ महिनाको प्रतिबन्ध लगाउनुका साथै अर्को एक दिवसीय म्याचको फीको ५० प्रतिशत जरिवाना पनि लगाएको छ । 


ईएसपीएन क्रिक ईन्फो वेभसाइटको रिपोर्ट अनुसार श्रीलंका क्रिकेट बोर्डले गरेको अनुशासनात्मक जाचँमा मालिंगाले अनुबन्धको उल्लघंनको दोषी पाइएको कारण सो प्रतिबन्ध लगाइएको हो ।  

श्रीलंकाका खेलकुद मन्त्रीले राष्ट्रिय खेलाडीहरु मोटो भएको बताएपछि मलिंगाले उनलाई बाँदरसँग तुलना गरेका थिए । 


श्रीलंका क्रिकेट बोर्डको यो फैसलाले भने जिम्बाबे सिरिजमा बलरहरुको उपस्थितीमा कुनै फरक पर्ने छैन । पहिलो दुई एक दिवसीय खेलहरुका लागी मालिंगाको नाम १३ सदस्यीय टिममा राखिएको छ । 

मालिगांले १९ जुन र २१ जुनमा आफनो करारको नियम उल्लघंन गरेको भन्दै क्रिकेट बोर्डले मालिंगाविरुद्धमा विशेष जाँच राखेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप