शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘छड्के’का निगमको कस्तो होला ‘लालपुर्जा’ ?

आइतबार, ०२ पुस २०७४, १७ : २७
आइतबार, ०२ पुस २०७४

काठमाडौं – ‘छड्के’बाट चर्चा तथा आलोचन दुबै पाएका निर्देशक निगम श्रेष्ठको अर्काे चलचित्र ‘लालपूर्जा’ प्रदर्शनको लागि तयार भएको छ । चलचित्रको आगामी ४ माघ रिलिज मिति तोकिएको छ । 

कमेडी जानरामा बनेका ‘लालपूर्जा’मा सौगात मल्ल मुख्य भूमिकामा छन् । उनको अपोजितमा मिरुना मगर देखिदै छिन् । मिरुनाको यो डेब्यु चलचित्र हो ।  सौगात र मिरुनाको अलवा चलचित्रमा बिपिन कार्की, हरिहर शर्मा, कामेश्वर चौरासिया, मिरुना मगर, मेनुका प्रधान, कमलमणि नेपाल, मिश्रि थापा र अनिल पाण्डेको अभिनय छ । १ करोड २० लाख बजेट चलचित्रको  निर्माण लागत बताइएको छ । 

भौतिकवाद र अध्यात्मवाद बीचको लडाईसमेत देखाउने प्रयास गरिएको चलचित्र विक्रम सिंह थारुले निर्माण गरेका हुन् । विक्रमलाई निर्माणमा   उमेश श्रेष्ठले सघाएका छन् । कुमार नगरकोटीको लेखन रहेको चलचित्र लमजुङमा छायाँकन गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप