शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा मोटरसाईकल मेघा एक्सचेन्ज मेला सुरु

आइतबार, ०२ पुस २०७४, १६ : ५८
आइतबार, ०२ पुस २०७४

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि विभिन्न मोडलका मोटरसाईकल तथा स्कुटरहरुको मेघा एक्सचेन्ज मेला सुरु भएको छ ।  नेपाली बजारमा आफ्ना विभिन्न मोडलका मोटरसाईकल तथा स्कुटरहरु विक्री वितण गर्दै आएको टिभीएसले आफ्ना ग्राहकहरुलाई थप सुविधा, साथ र आवश्यक्त पूर्ति गर्ने उद्देश्यले मेला आयोजना गरेको हो । 

जगदम्बा मोटर्स अन्तरगत आयोजित मेलामा सामान खरिद गर्दा कम्तीमा १० हजारदेखि १ लाखसम्म थप छुटको व्यवस्था गरिएको छ । ग्राहकहरुलाई सहजताका साथ मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गर्न मेला आयोजना गरिएको जगदम्बा मोटर्सका बजार प्रमुख विक्रम पाण्डेले जानकारी दिए  ।

हाल नेपालमा विक्री हुँदै आएको अन्य २ पाङग्रे सवारी साधनहरुमध्ये टिभिएस कम्पनीसँग सबैभन्दा धेरै मोडलका बाईक तथा स्कुटरहरु रहेको बताइएको छ । मेलामा मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गर्नका लागि तुरुन्तै फाईनान्सको सुविधा समेत रहेको छ । ५ दिनसम्म चल्ने मेलामा ग्राहकहरुको मोटरसाईकल र स्कुटरको निःशल्क सर्भिसिङ गर्ने व्यवस्था पनि मिलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप