शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

देउवालाई प्रचण्डको सन्देश–जस पाउनुभा’छ, अब लोभ नगर्नुस्

आइतबार, ०२ पुस २०७४, १६ : ३३
आइतबार, ०२ पुस २०७४

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले  चुनाव सम्पन्न गराएर जस पाएको भन्दै अब सत्ताको लोभ नगर्न  सुझाव दिएका छन् । 
आइतबार वाम गठबन्धनको पत्रकार सम्मेलनमा  प्रचण्डले राखेको मन्तब्यको मुख्य–मुख्य अंश–

–केपीजीले सबै कुरा बताउनु भएको छ । ती सबै कुरामा मेरो सहमति छ, दोहोर्याउन परेन ।
 

–एउटा कुरा उहाँले छुटाएको कुरा म भन्न चाहन्छु, अध्यक्ष त हामी छदैछौँ भन्नुभयो । प्रश्न सोद्धा प्रधानमन्त्रीको कुरा पनि थियो । प्रधानमन्त्री त हामी भै नै सकेका छौँ । म त्यो कुरा दोहोराउन चाहन्छु । हामीलाई त्यसको लोभ छैन । फेरि हामी सजिलै प्रधानमन्त्री छाडेका मानिस पनि हौँ । हाम्रो चिन्ता र चासो राजनीति स्थायीत्व, शुसासन र विकाम निर्माण र मृद्धि हो । त्यो कसरी गर्ने भन्ने हो ।
 

–राष्ट्रियसभाका वारेमा जो प्रश्न उठेको छ, हिजो मैले प्रधानमन्त्रीजीलाई पनि भेटेको थिएँ । प्रधानमन्त्रीसँग कुरा हुँदा राष्ट्रिय सभाका वारेमा पनि कुरा भएको थियो । हाम्रो संविधानको अहिले राष्ट्रियसभाका सदस्यहरुको निर्वाचन गर्ने खाली प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुमात्र होइन, गाउँपालिका र नगरपालिका सदस्यहरुको मतभार फरक फरक गर्ने कुरा पनि गरेको छ । संविधानले एकल संक्रमणीय भन्ने व्यवस्था गरेको छैन । पार्टीहरुकावचिमा छिटो भन्दा छिटो सहमति गरेर जानुपर्छ भनेर मैले प्रधानमन्त्रीको ध्यानकर्षण गरेको थिएँ ।
 

-अरु त्यस्तै गंभीर नियुत्तीहरु, जस्तो कि प्रदेश गर्भनरको कुरा चलेको थियो मिडियामा । यस विषयमा पनि मैले राजनीतिक दलहरुकाबीचमा समझदारी नबनाई अहिलेको सरकारले गर्न खोज्यो भने, निर्वाचन सम्पन्न गराएर सरकारको राम्रो काम गरेको सन्देश गएको छ, फेरि एक दुई वटा नियुत्तीले नराम्रो नगरोस भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थिए ।
 

 र, उहाँले प्रमुख दलहरुवीच सझादारी बनाएर जान्ुछ भनेर मलाई भन्नु भएको थियो । म फेरि पनि सरकारको ध्यानकर्षण गर्न चाहन्छु कि उहाँदे निर्वाचन गराएर राम्रो काम गर्नुभएको छ । अव एक दुई वटा नियुत्तिमा लोभ गरेर सवै जसहरु अपजसमा लैजान हुन्न भन्ने सन्देश दिन चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप