शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेसम्म ५३ प्रतिशत मतदान सम्पन्न

बुधबार, १४ असार २०७४, १५ : १३
बुधबार, १४ असार २०७४

काठमाडौं –स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज जारी रहेको मतदानमा दिउँसो साढे १ बजेसम्म करिव ५३ प्रतिशत मतदान भएका निर्वाचन आयोगले जनाएको छ । 


निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सवैभन्दा बढी उदयपुर र डँडेलधुलामा ६५ प्रतिशत मतदान भएको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 


सोलुखुम्बु, भोजपुर, खोटाङ लगायतका १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको जनाइएको छ भने अन्य जिल्लाहरुमा पनि हालसम्म ५० प्रतिशतभन्दा बढी वा ५० प्रतिशतको हाराहारीमा मतदान भइसकेको आयोगको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप