शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘राज्जा रानी’ युनिटसँग केकीको बर्थडे सेलिब्रेसन

आइतबार, ०२ पुस २०७४, १६ : २७
आइतबार, ०२ पुस २०७४

काठमाडौं– अभिनेत्री केकी अधिकारीको आज जन्मदिन परेको छ । नेपाली चलचित्र तथा म्युजिक भिडियो अभिनयमा राम्रै जमेकी केकीको जन्मदिनको अवसर पारेर चलचित्र ‘राज्जा रानी’ले राजधानीमा एक कार्यक्रमको आयोजना सहित उनलाई जन्मदिनको सेलिब्रेसन गरेको छ ।

मिडियाकर्मीको समेत उपस्थिती रहेको कार्यक्रममा उनले केक समेत काटेकी छन् । ‘एकदमै रमाइलो । मलाई जन्मदिनको एउटा कुरा लाग्छ, बच्चा हुन पाइन्छ’ केट काटेपछि केकीले भनिन् ‘बर्थडेको दिन मनको कुरालाई बाँहिर निकाल्न पाइन्छ । ह्याप्पी छु ।’ कार्यक्रममा केकीले आफ्नो कतियौ जन्मदिन भने खुलाइनन् ।

कार्यक्रममा उनले सबैलाइ केक खुवाउदै चलचित्र ‘राज्जा रानी’ हेर्न समेत सबैलाई आग्रह गरिन् । चलचित्रलाई मैथिली भाषामा किनेको भोर कम्पनी र ‘राज्जा रानी’को टिमले केकीको जन्मदिनको एकसाथ सेलिव्रेशन कार्यक्रम राखेको हो । 

‘राज्जा रानी’ यम थापा निर्देशित चलचित्र हो । केकीको अलवा चलचत्रिमा  कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतको अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप