शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता कुशलले भने  ‘ह्याप्पी न्यू ईयर’मा मेरो पैसा र अनुभव दुबै छ’

आइतबार, ०२ पुस २०७४, १३ : १८
आइतबार, ०२ पुस २०७४

काठमाडौं – ‘ह्याप्पी न्यू ईयर’ १४ पुसबाट प्रदर्शनमा आउँने चलचित्र हो । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले अहिले प्रचार जोड तोडका साथ गरिरहेको छ ।
निर्माण युनिटले केही पहिले ट्रेलर र गीत सार्वजनिक गरेको थियो । जसको कारणले पनि अहिले चलचित्रको राम्रो चर्चा भइरहेको छ ।

त्रिकोणात्मक प्रेम कथालाई नयाँ वर्षमा घटेको एक घटनासँग मिलाएर कथा बनाइएको चलचित्रमा कुशल थापा, अष्ट्रेलियामै बस्दै आएका पुकार गौतम, सन्ध्या केसी लगायतको मुख्य भुमिकामा अभिनय रहेको छ । 

७० लाख निर्माण लागत बताइएको चलचित्र अष्ट्रेलियाको विभिन्न मनोरम स्थानमा छायाँकन गरिएको हो । देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्रका निर्माता रति थापा श्रेष्ठ हुन् । संगीतकार टंक बुढाथोकी र विनोद ढकालले दिएका छन् । 

चलचित्रले आफ्नो अभिनय करियर उकास्ने निर्माता समेत रहेका नायक कुसल थापाले बताए । ‘पैसाको अलवा आफुले अभिनयबाट हासिल गरेको अनुभव पनि चलचित्रमा खन्याएको छु ’ थापाले थपे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप