बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

९ लाखको पहिरनमा बोल्ड करिना

आइतबार, ०२ पुस २०७४, १२ : ५६
आइतबार, ०२ पुस २०७४

मुम्बई – बलिउड अभिनेत्री करिना कपूर केही दिन पहिले करिना पति सैफअली खानकी बहिनी सोहा अली खानको अटोबायोग्राफी लन्च कार्यक्रममा पुगेकी थिइन् । रातो कलरको आउटफिट ड्रेस लगाएकी करिनाको लुक निकै बोल्ड रहेको थियो ।

आउटफिट उनले सोही इभेन्टका लागि तयार गरेकी हुन् । यसको मुल्य ५.४  लाख भारु रहेको छ । नेपालीमा यसको मूल्य करिब ९ लाख पर्न जान्छ । करिनाको यो ड्रेस बिभु मोहपट्राले डिजाइन गरेका थिए ।

कार्यक्रममा पति सैफअली खानका साथ सहभागी करिनाले कालो कलरको स्यान्डिल लगाएकी थिइन्, भने उनको गेटअप सिम्पल थियो । करिनाको कार्यक्रम तस्बिर इंस्टाग्राम मार्फत समेत सार्वजनिक छ । तस्बिरले थुप्रै लाइक समेत पाएका छन् । 

करिनाको आउँदो चलचित्र ‘वीरे दी वेडिङ’ हो । अहिले यो चलचित्रको सुटिङ भइरहेको छ । चलचित्र नयाँ बर्ष भित्रमा रिलिज हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप