बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

म्युजिक भिडियोमा  प्रियंका

आइतबार, ०२ पुस २०७४, १२ : ५२
आइतबार, ०२ पुस २०७४

काठमाडौं – पाश्र्व गायनमा समेत ब्यस्त गायिका बिन्दु परियारको स्वर रहेको मा एउटा कर्णप्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘लाउनेले नजर लगाए...’ बोलको उक्त गीत नृत्यपरक छ । गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्कीले नृत्य गरेकी छिन् ।

चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु...’ लोकप्रिय भएपछि आफ्नो लोकप्रियता बढिरहेको मौका पारेर गायिका परियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

सांगीतिक कार्यक्रमहरुमा समेत सक्रिय भैरहेकी गायिका बिन्दु परियार यो गीतमा संगीतकार तथा गायक आशिष अविरलले गायनमा साथ दिएका छन् । आशिष अविरलकै संगीत निर्देशनको यो गीतका शब्दहरु एकनारायण भण्डारीले रचना गरेका हुन् । यो गीत गायिका परियारको एकल एल्बम ‘नजर मात्र’ मा समावेश गरिने छ ।

अर्जुन अधिकारीको निर्देशन गरेको भिडियोमा अभिनेत्री प्रियंका कार्की भिमफेदी गाईजका नृत्यकारहरुको साथमा देखिएकी छन् । भिडियोमा भिमफेदी गाईजकै कोरियोग्राफी छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप