शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रियंकाको ५ मिनेटको रेट ५ करोड !

आइतबार, ०२ पुस २०७४, १२ : २१
आइतबार, ०२ पुस २०७४

मुम्बई –अभिनेत्री प्रियंका चोपडा हमेसा पारिश्रमिकको कारणले चर्चामा छाउने गरेकी छन् । २०१८ को सुरुवातमा आयोजना हुने एक फिल्म अवार्डमा पनि प्रियंका सहभागी हुँदैछिन् । 

कार्यक्रममा उनले एक धमाकेदार प्रस्तुती समेत दिनेछिन् । ५ मिनेटको प्रस्तुतिका लागि उनले ५ करोडको डिमान्ड गरेकी छन् । उनको एक मिनेट प्रस्तुतिको लागि एक करोड मूल्य पर्ने देखिएको छ ।

समाचारमा उल्लेख गरिए अनुसार प्रियंकाले जी सिने अवार्डमा ५ मिनेट नृत्यको प्रस्तुति दिनेछिन् । उक्त नृत्यका लागि उनले ५ करोड भारु माग गरेकी छन् । 

प्रियंका पछिल्लो समय हलिउड चलचित्र ‘स्टेन्ट इट रोमान्टिक’ र ‘ए किड लाइक ज्याक’को सुटिङमा ब्यस्त छिन् । अवार्डका लागि उनी अमेरिका देखि भारत आउने भएकी हुन् ।

जी सिनेअवार्डमा बलिउडका थुप्रै स्टारको सहभागिता रहने गरेको छ । अवार्डमा रणवीर सिंह, कट्रीना कैफ, शहिद कपुर, भुमि पडनेकर लगायतको समेत प्रस्तुति रहने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप