बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसीप असार २४ देखि

बुधबार, १४ असार २०७४, १४ : ५४
बुधबार, १४ असार २०७४

काठमाडौँ – राष्ट्रिय ब्याडमिन्टन सघंको आयोजनामा छैटौँ पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसीप असार २४ देखि सुरु हुने भएको छ ।


सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा असार २७ सम्म छैटौँ सस्ंकरण गर्न लागिएको नेपाल ब्याडमिन्टन सघंका महासचिव एवं राष्ट्रिय ब्याडमिन्टन सघंका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए । 


यो सस्ंकरण देखि खुला प्रतियोगिता आयोजना हुन लागे पनि पाचौँ सस्ंकरण सम्म भने वरियताका खेलाडिहरुलाई मात्र समावेश गर्दै आईएको थियो । प्रतियोगितामा पुरुष एकल , पुरुष जोडी ,महिला एकल ,महिला जोडी, यू –१५ ब्वाइज र गल्र्स एकल ,यू –१७ ब्वाइज र छात्रा एकल तथा ४५ वर्ष माथिको भेट्रान्स जोडी गरी नौ विधामा प्रतिस्पर्धा हुनेछ । 


प्रतियोगिताको पुरुष र महिला एकल तर्फको विजेतालाई ५० हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुने खेलाडिलाई १० हजार रुपैया पुरस्कार स्वरुप प्रदान गरिनेछ । 


प्रतियोगिताको  पुरस्कार राशी समग्रमा तीन लाख ४० हजार रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप