बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्ममेकर लक्षित ‘हिरो सिक्स’

शनिबार, ०१ पुस २०७४, १९ : ११
शनिबार, ०१ पुस २०७४

काठमाडौं– फिल्म सुटिङका लागि चाहिने सम्पूर्ण सामान उपलब्ध गराउँदै आएको आइसफल प्रडक्सनले फिल्मकर्मीलाई लक्षित गर्दै गोप्रो कम्पनी अन्तर्गत उत्पादन हुँदै आएको हिरोको छैटौं भर्सन बजारमा ल्याएको छ । 

शनिबार ठमेलस्थित मुलबरी होटलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै नयाँ विशेषतासहितको ‘हिरो सिक्स’को बारेमा फिल्मकर्मी तथा बिक्रेतालाई जानकारी गराएको हो । आइसफल गोप्रोको आधिकारिक बिक्रेता हो । 

कार्यक्रममा आइसफल टेक्नोलोजीका निर्देशक भिम थापाले गोप्रोको नयाँ क्यामरा फिल्मकर्मीका लागि उपयुक्त हुने दाबी गरेका थिए । 

नेपालको सुटिङमा जुन खालका समस्या छन्, गोप्रोको हिरो सिक्समा त्यसलाई सजिलो बनाउने विशेषता रहेको उनले बताए । यो संस्करणबाट खिचेको क्यामराको आउटपुट फोके बराबरको रहेको पनि उनले बताए । 

यो भित्र अटोमेटिक रुपमा स्टेबलाइजेसन सिस्टम रहेकाले फोटो खिचिरहँदा हल्लिने चिन्ता पनि नहुने उनले जानकारी दिए । उनले भीड र दौडिएको दृश्यहरु खिच्न यस्ता क्यामरा उपयुक्त हुने उनको भनाइ छ । 

आइसफल प्रडक्सनका निर्माता रामकृष्ण पोखरेलले गोप्रोको हिरो सिक्स ‘वाटरप्रुफ’ रहेको बताए । सन् २०१२ देखि नेपालमा गोप्रो बेच्दै आएका पोखरेलले नेपालमा किन्दा क्यामराको मूल्य ५५ देखि ६० हजारसम्म पर्ने बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप