शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जुलाई १ बाट अस्ट्रेलियन क्रिकेटर बेरोजगार !

बुधबार, १४ असार २०७४, १४ : ४८
बुधबार, १४ असार २०७४

सिड्नी – दुई सय जना भन्दा बढी सिनियर अस्ट्रेलियन क्रिकेट खेलाडिहरु आगामी जुलाई १ बाट बेरोजगार बन्ने अस्ट्रेलियन क्रिकेट खेलाडि सघंका अध्यक्ष जर्ज डायरले जानकारी दिएका छन् । 

अस्ट्रेलियन क्रिकेट र अस्टे«लियन सिनियर खेलाडिहरु बीच पहिले भएको सम्झौताको अवधि यही जुन ३० मा सकिने भएका र नयाँ करारबारे विवाद रहेको कारण उनीहरु बेरोजगार हुने भएका हुन् । 

अहिलेसम्म नयाँ सम्झौता हुने छाँटकाँट देखिएको छैन । अस्ट्रेलियनन टेष्ट क्रिकेट टोलीका पूर्व विकेटकिपर डायरका भन्छन्, ‘जुलाई १ देखि  अस्ट्रेलियन क्रिकेटमा आउने गम्भीर समस्याको समाधानका लागी अहिलेसम्म कुनै ठोस नतिजा निस्कन सकेको छैन ।’ 

पुरुष तथा महिला क्रिकेट खेलाडिहरुको पारिश्रमिक वृद्धि गर्नुपर्ने प्रस्ताव अस्टे«लियन क्रिकेट खेलाडि सघंबाट गत मार्चमा आएको भएपनि पारिश्रमिक बढाएका कारणले कुनै पनि खेलाडिलाई क्रिकेट अस्ट्रेलियाको आम्दानीबाट बोनस नदिइने निर्णय गरिएको थियो । 

क्रिकेट अस्ट्रेलियाको सोही प्रस्तावलाई अस्टे«लियन खेलाडिहरुले अस्वीकार गरेका थिए । 

उक्त विवाद हालसम्म नटुगिंएकाले अस्टे«लियन क्रिकेट खेलाडिहरुमाथि बेरोजगार हुनुपर्ने बाध्यता आइलागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप