शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुर बन्द, जनजीवन प्रभावित

बुधबार, १४ असार २०७४, १४ : ४०
बुधबार, १४ असार २०७४

धनुषा– निर्वाचन विरोधि गतिविधि गर्दै आएको राष्ट्रिय जनता पार्टी, नेपालले आह्वान गरेको बन्दका कारण जनकपुरको जनजीवन प्रभावित भएको छ ।


 निर्वाचन हुनै नदिने भन्दै आह्वान गरिएको बन्दका कारण जनकपुरको जनजीवन प्रभावित भएको हो । 


बुधबार पनि प्रर्दशनकारीहरुले टायर बालेर सडकमा विरोध प्रर्दशन गरिरहेका छन् । 


उनीहरुले विहानैदेखि जनकपुरको विभिन्न चौकहरुमा विरोध प्रदर्शन गरिरहेका हुन् । बन्दको कारणले जनकपुरबाट चल्ने लामो तथा छोटो दुरीका सवारी सधान चल्न सकेको छैन । बजार र शैक्षिक संस्थाहरु बन्द छन् । 


बन्दकर्ताहरुले जनकपुरको केही स्थानमा गाडिहरुमा समान्य क्षति समेत पु¥याएका छन् । 


चुनावी विरोधी प्रर्दशन जारी रहेकाले जनकपुरमा उच्च सुरक्षा सर्तकता समेत अपनाइएको छ । 


अप्रिय घटना हुन नदिने गरी बजारको मुख्य मुख्य चोकमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप