शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाको स्कर्टिङ गाडी दुर्घटना, १० प्रहरी घाइते

बुधबार, १४ असार २०७४, १४ : ३४
बुधबार, १४ असार २०७४

कैलाली– प्रधानमन्त्री शेरबहादुर देउवाको स्कर्टिङमा खटिएको प्रहरीको गाडी दुर्घटना भएको छ । दुर्घटनामा १० प्रहरी घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भिर छ भने ६ जना सामान्य घाइते भएका छन् ।

से १ ख १५०३ नम्बरको उक्त गाडी कैलालीको सहजपुमा दुर्घटना भएको प्रहरीले जनाएको छ । त्यस्तै पाल्पाको रैमादेवी गाउँपालिका भुवनपोखरीमा निर्वाचन सुरक्षाका लागि गइरहेको नेपाली सेनाको जिप पनि दुर्घटनामा परेको छ ।

ग१ज ५९६६ नम्बरको जिप दुर्घटनामा रोल्पाका सेनाका जवान कृष्ण राउत घाइते भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप