बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओखलढुंगामा स्वतन्त्रसहित १६ उम्मेदवारको जमानत जफत

शनिबार, ०१ पुस २०७४, ०९ : २३
शनिबार, ०१ पुस २०७४

ओखलढुंगा - ओखलढुंगामा स्वतन्त्रसहित १६ जना उम्मेद्वारको जमानत जफत भएको छ ।  निर्वाचनमा जम्मा खसेको सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गरेका उम्मेदवारको जमानत जफत भएको हो । 

हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा जम्मा खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने १६ उम्मेदवारको कानुनबमोजिम जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले रातोपाटीलाई बताए ।

ओखलढुंगाबाट दलका २१ र एक स्वतन्त्र गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २२ जनाको उम्मेदवारी परेकोमा १६ जनाको जमानत जफत भएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार बनेका मध्ये एमाले र माओवादी केन्द्रको बाम गठबन्धन र कांगे्रस सहितका दलको लोकतान्त्रीक गठबन्धनका उम्मेदवार बाहेक अरु सबैले निर्वाचन ऐन अनुसारको मत ल्याउन नसक्दा उनिहरुको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत केसीको भनाई छ ।

प्रतिनिधिसभा सदस्यतर्फ ७ जना, प्रदेशसभा क तर्फ ५ जना र प्रदेश सभा ख तर्फ एक स्वतन्त्र सहित ४ जना गरी १६ जनाको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिनिधि सभामा चुनाव लडेर जमानत फिर्ता लिन नसक्ने उम्मेद्वाहरुमा संघीय समाजवादी फोरम नेपालका जुद्धबहादुर राई, नेकपा मालेका केशव रम्तेल, राष्ट्रिय जनमोर्चाका कुन्तादेवी खत्री, नयाँ शक्तिका प्रभुराम श्रेष्ठ, मंगोल नेश्नलका बजेन्द्र राई लागायत छन् । 

उनिहरुले कुल खसेको सदर मतको १० प्रतिशत ल्याउन नसकेपछि धरौटी फिर्ता लिन नसक्ने मुख्य निर्वाचन कार्यालयले जनाएको छ । वाम गठबन्धनका तर्फबाट यज्ञराज सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका थिए भने नेपाली कांग्रेसका रामहरी खतिवडाले २७ हजार ३ सय २७ मत पाएका थिए ।

नेकपा मालेका केशव रम्तेलले ६ सय ६५ मत ल्याएर जिल्लामा तेस्रो दल बने पनि उनको जमानत भने फिर्ता हुन सकेन । वाम गठबन्धन र नेपाली कांग्रेस बाहेक अन्य सबै राजनीतिक दल तथा तिनका प्रतिनिधिको जमानत जफत भएको छ ।

-रामहरि श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप