शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन विशेषः गुल्मी हाईलाईटस्

बुधबार, १४ असार २०७४, १४ : २८
बुधबार, १४ असार २०७४

गुल्मीमा दिउँसो १२ वजेसम्म झण्डै  ३० प्रतिशत मत खसेको छ । प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासीनीका अनुसार जिल्लामा भएको मतदान प्राय शान्तिपुर्ण छ ।

–कालिगण्डकी गाउँपालिकाको कोरेङ्ग मावि केन्द्रमा माओवादी कार्यकर्ताहरुलाई एमाले कार्यकर्ताले आक्रमण गरेको भन्ने विवादका कारण मतदान सुरु हुन नसकेको भन्ने जानकारी  प्राप्त ।


– दलहरु विच सहमति जुटाएर सुरु गराउने प्रयास भई रहेको प्र.जि.अ. कृष्णप्रसाद ढुङ्गानाको प्रतिकृया


–धुर्कोट गाउँपालिकाको वाग्लामा गएराती एमाले कार्यकर्ता र कांग्रेस कार्यकर्ताको झडप भएको विषयमा पुनः विवाद हुँदा एक घण्टा रोकिएको ढुङ्गानाद्धारा पुष्टि


–अन्यत्र उत्साहजनक,  वावु छोरा , दाजु भाई , मामा भान्जा, देउरानी जेठानी , एउटै पदमा प्रतिष्पर्धी, एउटै पंक्तिमा उभिर मतदान गर्दैको दृश्य रोचक
–सुध्रिदो मौसम , बढ्दो मतदाता ,


–पानी  परेन , न जाडो न गर्मी , मतदान गरेका समेत घर फर्केनन् , मेला  हेरे झै हेरर चौरमा बसेका छन्


–     ईस्मा गाउँपालिकाको दोहली स्थित रामराज्य मावि केन्द्रबाट १०१ वर्षिया बृद्धा तुलासा देवि अर्यालद्धारा पहिलो मतदान ।


–     रेसुङ्गा नगरपालिकाको महेन्द्र मावि  ख केन्द्रमा वावुको  क्रिायापुत्री खड्ग श्रेष्ठद्धारा मतदान


–     सोही केन्द्रमा  प्यारालाईसिस विमारले १० वर्ष देखि थला परेकी ८७ वर्षिया अम्विकादेखि पन्थीलाई स्टेचरमा वोकेर ल्याई मतदान ।


–      दलित समुदायबाट जिल्लाकै पहिलो र एक मात्र मेयरका उमेदवार धर्म बिश्वकर्माद्धारा त्यसै केन्द्रमा मतदान


 
–बृद्ध दम्पत्ती पहिलो दोश्रो मतदाता , धुर्कोटको जैसीथोक केन्द्रमा ९२ वर्षिय टिकाराम पोखेरल पहिलो मतदाता र ९० वर्षिया उनकी धर्म पत्नी हेमकुमारी दोश्रो मतदाता
–     अहिले सम्म ९० नाघेका दर्जनौंले मतदान गरे
 
–    चार केन्द्रिय नेताद्धारा मतदान
–     एमाले सचिव प्रदिपकुमार ज्ञवालीद्धारा रुरु गाउँपालिकाको वलेटक्सारस्थित चौतरा मावि केन्द्रको क केन्द्रमा पहिलो मतदान ।
–      
–  स्मल ज्ञवाली’ को उपमा पाएका माओवादी केन्द्रका यदुु ज्ञवाली , जो कांग्रेस सहितका साझा उमेदवार हुन उनले सोही  स्थानको ख केन्द्रबाट नेता ज्ञवालीसंगै पहिलो मतदान


–     एमालेका अर्का सचिव गोकर्णराज बिष्टद्धारा ईस्मा गाउँािलकाको दोहलीस्थि रामराज्य उच्च मावि केन्द्रबाट मतदान ।


– एमालेबाट नेता विष्टकै सहोदर दाजु लक्ष्मण विष्ट गाउँप्रमुख उमेदवार रहेका छन्


–  छत्रकोट गाउँपालिकाको हुँगाबाट  कांग्रेस नेता चन्द्र भण्डारीद्धारा मतदान


–  चन्द्रकोट गाउँपालिकोको हरेवामा माओवादी केन्द्रका  पोलिटव्युरो सदस्य सुदर्शन वराल द्धारा मतदान ।


      जसको मतदान गर्ने धोको अधुरै 
 मालिका गाउँपालिका वडा नम्वर ५ का २७ वर्षिय प्रदिप थापा चुनावमा खट्न र मतदान गर्ने धोको बेकेर एक महिनाअघि मात्र कोरियाबाट आए । साविकको छापा गाविसका वासिन्दा उनि नेपाली कांग्रेसका जुझारु कार्यकर्ता हुन् । तर भोट हाल्ने अघिल्लो दिन आयो दैवको वज्रपात । उनलाई एक्कासी चट्याङ्गले हान्यो र प्राणपखेरु उडायो । 


   जसले मुखमा पर्नै लागेको मासु निल्न पाएनन्
  मदाने गाउँपालिका वडानम्वर ३  मा मंगलबारे दिउँसो करिव ४ वजेतिर सवै गाउँवासि मिलेर खसी काट्दै  थिए । खसी काट्ने भुट्ने  र खानै  लाग्ने वोलामा एक्कासी चट्याङ्ग प¥यो ।चट्याङ्गले चार जनालाई ढलायो । एकजना २९ वर्षिय तुल्सीराम अर्यालको मृत्यु भयो । अरु ३४ वर्षिय झविन्द्र  पौड्याल, २४ वर्षिय पदम भट्टराई र ४४ वर्षिय राजु घर्ति घाइते भए । 

यसैबीच रुरु गाउँपालिकाका विभिन्न मतदान केन्द्रमा समाचार संकलनमा निर्वाचन अधिकृतले असहयोग गरेको जिल्लाका सञ्चारकर्मीहरुले गुनासो गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप