शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता: रूखको पीडा

शनिबार, ०१ पुस २०७४, ०९ : १३
शनिबार, ०१ पुस २०७४

- लक्ष्मण सिटौला  

एउटा रूख थियो गाउँ नजिक 
जब यो पूर्ण बैंसमा थियो
यसको जरामुनि कुवा थियो
यसका हाँगाबिँगा थुप्रै थिए
यसका हरियाली र नवमञ्जरी
यसको पुलकता यस्को छुवाइ
कस्तो आनन्द कानन थियो ।

मानिसहरू यसको फेदमा बस्थे 
बाख्रा चराउने गोठालादेखि
प्रेम गर्ने युवा युवतीसम्म
माया गर्ने बुढाबुढीदेखि
सारङ्गी बजाउने गाइनेदाइसम्म
यो सबैको आरामस्थल थियो

यहाँ कतिले वनभोज गरे
यहाँ कतिले मङ्न मोज गरे
वनभोज गर्नेले फोहोर गरे
मनमोज गर्नेले असुद्ध पारे
यहाँ भीड जम्न थाल्यो
विविध विचारको बिचल्लीले
रूखको फेद असफेद हुन थाल्यो

काग गिद्द र लाम्पुच्रे चराहरू
झिँगा लाम्खुट्टे र किराहरू
यहाँ आएर सभा सम्मेलन गर्न थाले
जुरेली मैना र कोइली भागे
खै कता गए दुर देश गए
स्याल गिद्द, हँुडार र चितुवा 
मलसाँप्रो, बिरालो र हाप्रे थुप्रिन थाले

जरुवा सुक्यो, पात खस्न थाले
अब यहाँ प्रेम गर्न कोही आउँदैनन्
यहाँ रातमा कोइली कराउँदैनन्
यहाँ मलसाँप्राले टोड्को पार्यो
र आफू छिर्यो लुक्यो लुसुक्क
आफूलाई सुरक्षित ठान्यो 

गिद्दले सिनो ल्याएर खान थाल्यो
वरिपरि सिनो गन्हाउन थाल्यो
बादरले रूखका हागाहरू भाचे
क्रमशः रूख थोत्रो हुँदै गयो
अब रूख वरिपरि बस्न लायक भएन
अब रूखले छायाँ दिन छोडयो 
रूखलाइ  सबैले–
आआफ्नै स्वार्थमा उपयोग गरे
रूखत हो नि रआखिर यसको पनि जीवन छ
पचास नाघेका आमालाइत वृद्धाश्रम छोड्ने हामी 
जाबो एउटा बूढो रूखको के माया ?

जरा कुहिँदै गयो र पात सुक्तै गए
कयौँ शरद हेमन्त वर्षा 
शिशिरको अनन्त प्रहर खपेको रूख
तर मानिसको घिनलाग्दो स्पर्शबोधिता
रूखलाई पारायाको बोक्सी लाग्यो
यो सतिसाल यो अग्राखलाई माया गर्नेहरूलाई
एक्दिन रुवाएर पाखा लागाइयो
केवल एउटा छाता र सुरुवाइ बोकाएर
डाडो कटाइयो र घात अन्तर्घातको राप
कलह र विद्रोहको ज्वाला दन्केकै हो
गान्धी विचार बोक्नेहरूको आँसुले
मलिलो बनोस् धरती र फेरि रूख
हरियो होस, तर मलसाँप्रा पसेको उखुबारी
रजाइँ गर्नेहरूको कुनै कमी छैन

फेदैबाट सल्केको आगो निभ्न गाह्रो 
र अन्ततः
एक दिन रूख गल्याम्म ढल्यो
मानिसहरू पहिलो चोटि 
रूखको माया र सम्झनामा
रोएको देखे मैलेर रूखलाई पनि दुख्छ
रूखलाइ पनि स्नेहको जरुरत छ
रूखले पनि श्वास फेर्छर रूख पनि बोल्छ
भनेर बुझ्ने मान्छेको कमी देखेँ मैले यहाँ 
रूखको फेदीमा बसेर रूख ढाल्ने छन्
रूखत रूख हो नि–
बुद्धले रूखको फेदमा ज्ञान पाएको
अहिलेका बुद्धहरू रूखको हाँगा होइन
जरा काट्छन र छायाँ खोज्छन् 

!! अस्तु !!!!!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप