कविता: प्रेम, वेदना र पर्खाइ
-वसन्त कट्टेल
हराउँदै कल्पनामा
नियाल्दै तिम्रा तस्बिर
बोलाउँछु सुस्तरी..
तर बोल्दैनन्
छिचोल्दै सन्नाटा चिर्नुछ उदासिपन,
दिलभित्र सल्केको आगो निभाउन
खोज्दैछु रापले, जलाउँदै आफैलाई
छिन्नभिन्नहुँदै कोरिने यी शब्द तिम्रै प्रेरणा हुन्
स्रोत उद्धृत गर्न नसकुँला
तर मनमनै तिमीप्रति कृतज्ञछु,
आज एकान्तमा यो मन रम्न सिक्दैछ ।
अनायासै बढ्ने धड्कनका बेगहरू
कतै तिमी छौ कि भनी धड्कन्छन्
रित्तो, रित्तो हुन्छ, पाउँदैन सहारा
केवल खुम्चिन्छ निरिह बनेर
चिच्याउँछ कायर बनेर
पग्लिन्छ हिउँसरी
तर भेट्दैन मुटु,
पल्टिन्छ लम्पसार
चिहानभित्रको मुर्दा सरी
केवल आफ्नो मुटु खोज्दै ।
पाउँदैन कतै पनि आफ्नो मुटुको स्पर्श
पल्टिन्छ लम्पसार, चिहानभित्रको मुर्दा सरी ।
अनगिन्ती आशाहरू
कुरिरहेका छन् उसैगरी
सक्दैनन् भुल्न अतितका खास पल
चियाउँदै क्षितिजबाट
अदृश्य छायाँ टोलाइरहेछ
निभ्न लागेको दियोझैँ
तर तयार छैन कोही, वर्तन थप्न
गिज्याउँछन् सबै, चिच्याहट सुनी,
र आनन्दले हाँस्छन्– उज्यालो दिँदै आफंै जल्दै गरेको दियो हेर्दै ।
सुनसान रातको स्पर्शले रेटिरहन्छ,
पिल्सिएको घाउलाई
पिरोलिरहेको छ वेदनाले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
-
विपिन जोशीकाे रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता
-
नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापनाको घोषणा
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा